बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कलेजो बिग्रीएको ५ संकेत

शुक्रबार, १८ पुस २०७६, १० : ०५
शुक्रबार, १८ पुस २०७६

कलेजो शरीरको छालाभन्दा दोस्रो ठूलो अंग हो । अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ ।

स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ । रातो र खैरौ रङमा हुने मानव शरीरको यो अंगले शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ । 

यसैगरी कलेजोले ३०० वटा भन्दा बढी काम गर्छ । यसले रगतमा चिनीको मात्रा पनि सन्तुलनमा राख्छ । यसको अर्को महत्त्वपूर्ण कार्य रगत निर्माण गर्नु पनि हो । 

शरीरमा यति धेरै महत्त्वपूर्ण काम गर्ने कलेजोमा समस्या आयो भने शरीरमा यस्ता ५ संकेत देखा पर्छ । सयममै त्यस्ता संकेतको आधारमा उपचार गराइहाल्नुपर्छ ।

छाला पहेँलो हुँदै जानु
कलेजोमा समस्या आयो भने शरीरका छालाहरु पहेँलो हुँदै जान्छन् । त्यसैगरी, आँखामा पनि पहेँलोपन बढ्दै जान्छ । पिसाबमा पनि पहेँलोपना बढ्दै गयो भने कलेजोको समस्या हुनसक्छ समयमै उपचार गराउनु बुद्धिमानी हुन्छ ।

रगत बान्ता हुनु
कलेजोको समस्या बढ्दै गयो भने रगत बान्ता हुन थाल्छ । बान्तामा रगतको छिर्का देखियो भने कलेजोको समस्या हुनसक्छ ।

हातखुट्टा सुन्निनु
कलेजो अस्वस्थ भयो भने हातगोडा सुन्निन थाल्छ ।  पेटभन्दा तल पनि सुन्निएको महसुस हुन्छ । यदि हातगोडा धेरै नै सुन्निन थाल्यो भने कलेजोको अवस्था खतरनाक स्थितीमा पुगेको भन्ने बुझ्नुपर्छ ।

कमजोरी
परिश्रम गर्नुपर्ने काम नै नगरी बारम्बार थकान र कमजोरी महसुस हुन्छ । त्यस्तै निन्द्रा पनि कम लाग्न थाल्छ भने कलेजोको समस्या हुनसक्छ । त्यसैले यस्ता लक्षणहरु देखिए भने तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ ।

खाना मिठो नलाग्नु
खान मन लाग्दा लाग्दै पनि कुनै पनि खानाको स्वाद थाहा हुँदैन । त्यसैगरी बारम्बार स्वाद फरक लाग्ने र मुखबाट अर्कै गन्ध आउन थाल्यो भने कलेजोको समस्या हुनसक्छ त्यसैले समयमै उपचार गराउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप