बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिउड नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनीमा

बिहीबार, १७ पुस २०७६, ०८ : ४०
बिहीबार, १७ पुस २०७६

बलिउडकी नायिका मल्लिका शेरावत नयाँ वर्ष मनाउन लुम्बिनी आएकी छिन् ।

उनी नयाँ वर्ष सुरु हुनु चार दिन अघि नै नेपाल आइपुगेकी हुन् ।

मल्लिकाले आफ्नो ट्वीटर अकाउन्टमा २८ डिसेम्बरमा टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन् ।

यसका साथै उनले डिसेम्बर २९ मा लुम्बिनीको तोरीबारीमा दौडिएको स्लो मोसन भिडियो पनि पोष्ट गरेकी छिन् । यसलाई उनले आफ्नो ‘डिडिएलजे मोमेन्ट’ भनेकी छिन् । फिल्म दिलवाले दुल्हनीया ले जाएङ्गेलाई छोटकरीमा डिडिएलजे भनिन्छ । यसमा फिल्मकी नायिका काजोल शाहरुख खानलाई भेट्न तोरीबारीमा दौडिएकी थिइन् ।

उनले शान्त र आनन्ददायी वातावरणमा उत्कृष्ट योगा गरेर वर्षको पहिलो दिनको सुरुवात गरेको भन्दै भिडियोसमेत सेयर गरेकी छिन् ।

४३ वर्षे मल्लिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा लुम्बिनीमा चाँडै नै भ्रमण गर्ने योजना बनाइरहेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप