शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्मार्ट लाइसेन्स छपाइ सुस्तः लाइसेन्स पाउन अझै ६ महिना

बिहीबार, १७ पुस २०७६, ०७ : ४८
बिहीबार, १७ पुस २०७६

ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ ।

लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । 

सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो ।

यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप