बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस भ्रष्टाचारविरुद्ध उभिन्छ : पौडेल

बुधबार, १६ पुस २०७६, २१ : ३७
बुधबार, १६ पुस २०७६

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस भ्रष्टाचारविरुद्धमा सदैव उभिरहेको बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार मोरङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै  पौडेलले काँग्रेस भ्रष्टाचार विरोधी अभियानको नेतृत्व तयार हुनुपर्ने पनि बताए । 

सरकार नीतिगत रूपमै भ्रष्टाचार संरक्षण गर्न लागेको दावी गर्दै उनले त्यसविरुद्ध काँग्रेसको खबरदारी जरुरी रहेको बताए । 

अर्को प्रसंगमा पौडेलले पार्टीको महत्वपूर्ण कार्यभार त्यसका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । 

यस्तै प्रतिपक्षको रुपमा काङ्ग्रेसले प्रभावकारी भूमिका गर्न नसके निरासा बढेर जानसक्ने उल्लेख गर्दै उनले त्यसका लागि सबैभन्दा पहिले काँग्रेस आफै सच्चिनुपर्नेमा जोड दिए । 

उक्त कार्यक्रममा करिब २०० जना नेकपा कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप