शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता संशोधन कानूनको विरोधमा उत्तर प्रदेशमा किन यति धेरै मानिस मारिए ?

बुधबार, १६ पुस २०७६, १७ : ०९
बुधबार, १६ पुस २०७६

-विकास पाण्डे, बिबिसी हिन्दी

नयाँ नागरिकता संशोधन कानून(सीएए) विरुद्ध भएको विरोध प्रदर्शनका घटनालाई हेर्दा उत्तर प्रदेश सबैभन्दा प्रभावित रह्यो । डिसेम्बर २०मा विरोध प्रदर्शन सुरु भएयता राज्यमा १९को ज्यान गइसकेको छ । 
त्यो प्रदेशमा यति ठूलो स्तरमा हिंस्रक विरोध प्रदर्शन हुनुको कारण के हो ? 

यसबारे बीबीसी हिन्दीमा एक रिपोर्ट छापिएको छ । 

कानपुर शहरमा बापूपुरवाको संकरी गल्लीमा छ मोहम्मद शरीफको घर । उनको घर पुग्दा उनी टिनको छाना भएको सानो घरबाहिर बसिरहेका थिए । घरमा एक मात्र कोठा छ जसले दिनमा भान्छाको काम दिन्छ र राति त्यसलाई सुत्नको लागि प्रयोग गरिन्छ । 

बीबीसीका पत्रकार त्यहाँ पुगेपछि उनी उठे र अंगालो हालेर बेस्कन रुन लागे । केही मिनेट मौनता छाएपछि उनले भने ,‘मैले सबै गुमाएँ । मेरी छोराको के गल्ती थियो ? प्रहरीले किन उनीमाथि गोली हान्यो ?’
मोहम्मद शरीफका ३० वर्षको छोरा मोहम्मद रईसको डिसेम्बर २३ को दिन मृत्यु भएको थियो ।  मृत्यु हुनु तीन दिन अघि उनको पेटमा गोली लागेको थियो । 

मोहम्मद शरीफले भने ,‘मेरो छोरा विरोध प्रदर्शन गरिरहेको थिएन । ऊ गल्लीमा सामान बेच्थ्यो । संयोगले त्यो दिन ऊ पुगेको स्थानमा प्रदर्शन भइरहेको थियो । तर उसले विरोध प्रदर्शन गरेकै भए पनि उसलाई मार्नुपथ्र्यो त ?’

‘के ऊ मुसलमान भएकाले मारिएको थियो ? के हामी यो देशको नागरिक होइनौं ? म नमरुन्जेल यो प्रश्न सोध्नेछु ,’ शरिफले भने । 

जहाँ मोहम्मद रईसलाई गोरी हानिएको थियो त्यहाँ दजनौ मानिस नागरिकता कानूनको विरोध गरिरहेका थिए । प्रदर्शनकारीले ढुंगा फ्याकेंपछि प्रहरीले बल प्रयो गरेको थियो ।  

उत्तर प्रदेशमा प्रदर्शनकारी र प्रहरीबीच भएको टकरावमा कम्तीमा ५० प्रहरी अधिकारी घाइते भए । तथापि, प्रहरीमाथि पनि प्रदर्शनकारीविरुद्ध बल प्रयोगको आरोप लागेको छ । 

किन भइरहेछ विवाद ?
केन्द्रमा सत्तारुढ रहेको भाजपाका अनुसार नयाँ कानूनले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैर–मुसलमान आप्रवासीहरुलाई सुरक्षा प्रदान गर्नेछ । 

सरकारको भनाइमा यो कानूनमार्फत आफ्नो देशमा उत्पीडन झेलिरहेका धार्मिक अल्पसंख्यकहरुको सुरुक्षा हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले धेरै पटक यसलाई मुसलमानविरुद्ध छैन भनिरहेका छन् । 

तर, चार कारोडभन्दा बढी मुसलमान जनसंख्या रहेको उत्तर प्रदेशमा विरोध प्रदर्शन जारी छ । 

प्रदर्शन चलिरहेको अवस्थामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिक सम्पत्तिमा नोक्सानी पु¥याउनेसँग ‘बदला’ लिइने बताएका छन् । 

‘सार्वजनिक सम्पतिको नोक्सानीको भरपाईको लागि जो जिम्मेबार छ उसैको सम्पत्ति जफत गरिनेछ ,’ आदित्यनाथले भने ।

प्रहरीले आदित्यनाथको भनाइपछि हुलदंगामा सरिक भएका भनिएका मानिसको पोस्टर कानपुरका भित्ता भित्तामा टाँसिएको छ । जसले आतंक छाएको छ । राष्ट्रिय पन्जीकरण रजिस्टर(एनआरसी) का कारण तिनको डर थप बढेको छ । 

‘मुसलमानहरुसँग नागरिकताको विकल्प छैन’
कानपुरमा मुसलमान समुदायका नेता नसीरुद्दीले पत्रकारसँग भने ,‘ एनआरसीमा मानिसले आफू भारतको नागरिक भएको पुष्टि गर्नुपर्छ । मान्नुस कि एक हिन्दू परिवार र एक मुसलमान परिवार आफ्नो नागरिकता प्रमाणित गर्न सक्दैन । यस्तोमा हिन्दू परिवार सीएएमार्फत नागरिकता दावी गर्न सक्छ तर मुस्लिम परिवारसँग यस्तो विकल्प छैन ।’

सरकारले एनआरसी तत्कालै लागू गर्ने योनजा नरहेको बताएको छ तर मुसलमान समुदायमा आफ्नो नागरिकता प्रमाणित गर्न नसक्दा के गर्ने भन्ने डर छ । 

नसीरुद्दीनको भनाइमा सत्तामा हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी रहेकाले पनि मुस्लिममाझ डरको अवस्था छ । 

नाम उल्लेख गर्न नचाहने एक महिलाले भनिन् ,‘हाम्रो के गल्ती छ ? हामी एक लोकतान्त्रिक मुलुकमा छौ र कुनै कुरामा सहमती नहुदाँ हामीलाई विरोध गर्ने हक अधिकार छ । तर हाम्रो रक्षक नै भक्षक भएका छन् । ’

डरको दोस्रो कारण 

मुसलमान समुदायमा डरको एक कारण योगी आदित्यनाथका पुरानो मुसलमान विरोधी भनाइ पनि छ । उनले एक पटक मुसलमानलाई भारतमा हिँड्डुल गर्ने अधिकारबाट बन्चित गर्नुपर्ने माग गरेको थिए । 
नसीरुद्दीन भन्छन् ,‘उत्तर प्रदेश अहिले हिन्दू राष्ट्रवादी विचारको प्र्रयोगशाला बनेको छ । ’

राज्यमा हजारौं मानिसहरुलाई हिरासतमा लिइएको छ र त्यसमा धेरै मुसलमान पुरुष छन् । साथै कयैन दिनको लागि इन्टरनेट सेवाहरुमाथि रोक लगाइएको थियो । 

प्रहरीमाथि पनि मुसलमानलाई प्रताडित गरेको आरोप छ । कानपुरमा भिडियोमार्फत यो तथ्य अगाडि आएको छ कि प्रहरीहरु मुसलमान बहुल क्षेत्रमा रातको समयमा कार र घरमाथि क्षति पु¥याइरहेका छन् । 

राज्यका शीर्ष प्रहरी अधिकारीहरुले भने यी अरोपहरुलाई खण्डन गरे । तिनले उत्तर प्रदेशका सार्वजनिक सम्पतिमा क्षति पु¥याउने मानिसहरुको डिजिटल सबूत मार्फत पहिचान गरिने बताए । 

ग्राउण्डमा केही प्रहरीसँग कुरा गर्दा तिनले माथिबाट केही नभन्न ठूलो दबाव रहेको बताए । नाम बताउन नचाहने एक प्रहरीकर्मीले ‘कुनै पनि अवस्थामा विरोध प्रदर्शनलाई नियन्त्रण गर्न’ आदेश प्राप्त भएको बताए ।  

एक अर्कोविरुद्ध आरोप लगाउँदै नेता

यस क्रममा  राजनीतिक दलको विरोध प्रदर्शनको लागि एक अर्कालाई जिम्मेवार ठहराइएको छ।  भाजपाले विरोध प्रदर्शन हिंस्रक हुनुमा विपक्षी दलको हात रहेको आरोप लगाएको छ । 

यस बारेमा बोल्दै भाजपा प्रदेश अध्यक्ष स्वतन्त्र देव सिंहले भन्छन् ,‘ सीएए मुसलमान वा कुनै पनि धर्मविरुद्ध छैन । समाजवादी पार्टी र बहुजन समाज पार्टीले मानिसहरुलाई सीएएको लागि उकासेका छन् । ’
यसमा स्वतन्त्र देव सिंहाका अनुसार जे जति पनि भयो त्यसको लागि विपक्ष दल जिम्मेबार छ । 

पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले स्वतन्त्र देव सिन्हको आरोपलाई खण्डन गरे । 

उनले भने ,‘सरकारले कसले गोली हान्यो भनेर जवाफ दिनुपर्छ । प्रहरीले त्यसलाई रोक्ने कोसिस किन गरेन ?’

‘हामीमाथि आरोप लगाउन सजिलो छ । यो प्रदर्शनपछि भाजपा राज्यमा शान्ति कायम राख्न असफल रहेको देखिएको छ । तिनले आर्थिक मन्दी र बेरोजगारजस्ता मुद्दाबाट ध्यान भट्काउनको लागि सीएए लिएर आए । ती राज्यलाई धार्मिक आधारमा विभाजन गर्न चाहन्छ ,’ अखिलेशले भने । 

‘मुख्यमन्त्री र उनका हिन्दूत्ववादी एजेण्डा अहिलेको अवस्थाका लागि जिम्मेवार छ । जसरी प्रहरी उग्र बन्यो त्यसले हामी सबैको लागि खतराको घण्टी बजाएको छ । यो अब राजनीतिक मात्र होइन, मुलभूत मानवाधिकारको उल्लघंन गरिएको छ । यो राज्य र देशको लागि खतरनाक कुरा हो ,’ समाजवादी पार्टीका अध्यक्षले आक्रोस पोखे ।

नागरिक समाजका सदस्यहरुले भने राजनीतिक दलले एकअर्कालाई दोष लगाएर पन्छाउन नमिल्ने बताएका छन् ।  

समाजिक अभियन्ता सौम्य राणा यसबारेमा टिप्पणी गर्छिन् ,‘भारतको सबैभन्दा ठूलो राज्यमा १९ मानिस मारिएका छन् । हामी एक लोकतान्त्रिक देश हौं र विरोध प्रदर्शनको मूल्य मृत्यु हुन सक्दैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप