मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको २१औं शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा

मङ्गलबार, १५ पुस २०७६, १९ : ३४
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं– कुमारी बैंक लिमिटेडले अन्नपूर्ण– ११, छोम्रोंग कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गबाट भएको हो । 

उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता– मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद–राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु–पोखरा लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए । 

बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप