शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ठमेलमा दिपावली

मङ्गलबार, १५ पुस २०७६, १९ : २८
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं– सन् २०२० लाई नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ठमेलको नर्सिङ्ग चोकमा लाइटिङ तथा दिपावली गरेको छ ।

त्यसै गरि डिसेम्बर ३१ का दिन नाट्टा सचिवालय गोमा गणेश मन्दिरको प्राङ्गणमा नेपाल भ्रमण वर्ष २०२० को व्यानर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्रालयका सह–सचिव रुद्रसिंह तामाङले अनावरण गर्दै भ्रमण वर्ष सफलताको कामना सहित केक काटेका छन् ।

सो अवसरमा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नाट्टाका पूर्व अध्यक्षहरु, पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, नाट्टा कार्य समितिका पदाधिकारी र सदस्यहरु एवं संचार कर्मीहरुको उपस्थिति रहेको थियो । 

साथै सोही सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सरिक हुन जनवरी १ का दिन दिनको १ः३० बजे ठमेल संचयकोष भवनमा भेला भई आ–आफ्नो ब्यानर तथा राष्ट्रिय झण्डा, साँस्कृतिक झाँकी, बाजा–गाजाको ¥याली सहित भ्रमण वर्ष समुद्घाटन कार्यक्रम स्थल दशरथ रंगशाला तर्फ प्रस्थान गर्ने कार्यक्रममा साथ दिन सम्पूर्ण उद्योगी व्यवसायी, पर्यटन क्षेत्रका संघ संस्था र सदस्यहरु तथा सर्वसाधारण सबैमा नाट्टाका अध्यक्ष श्री सीएन पाण्डेले अनुरोध गरे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप