शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सीमा विवादका विषयमा छलफल गरौं भन्दा भारतले बेवास्ता गर्‍यो :  परराष्ट्रमन्त्री ज्ञवाली

मङ्गलबार, १५ पुस २०७६, १९ : २७
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादमा छलफल गर्न नेपालले पठाएको मितिमा भारतले चासो नदिएपछि पुनः मिति तोकेर पत्र पठाएको बताएका छन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको मंगलबारको बैठकमा छलफलका लागि नयाँ मिति तोकेर दोस्रो पत्र पठाएको जानकारी दिएका हुन् । उनले भारतले दोस्रो पत्रको जवाफ पठाइ नसकेको समेत बताए ।

सीमा सम्बन्धी समस्या समाधान गर्न पहिलो पटक ठाउँ र मिति तोकेर मंसिर ६ गते पत्र पठाएकोमा भारतले पुष ३ गते समस्यालाई स्वीकार गर्दै नेपालले प्रस्ताव गरेको मिति अनुकूल नभएको जानकारीपत्र मार्फत गराएको उनले बताए । उनले फेरि अर्को मिति तोकेर पठाएको र दुवै देशका पदाधिकारीहरुको बैठक बस्ने मितिको पर्खाइमा सरकार रहेको बताए ।

उनले गत कात्तिक २९ गते बसेको नेपाल भारत संयुक्त आयोगको बैठकले नेपाल भारत सीमा निरीक्षण समिति गठन गरेको र त्यसले काम सुरु गरिसकेको समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप