शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा तमु ल्होसारको रमझम, तस्विरमा हेर्नुहोस्

मङ्गलबार, १५ पुस २०७६, १४ : २०
मङ्गलबार, १५ पुस २०७६

काठमाडौँ । गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।

टुँडिखेलको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा बाजागाजासहित ¥याली निकालिएको छ ।

ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मनाइने ‘तमु ल्होसार’ ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।

यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप