शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डीएभीले पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्ने तयारीमा

मङ्गलबार, १५ पुस २०७६, १३ : ५०
मङ्गलबार, १५ पुस २०७६

ललितपुर– ५–दीवसिय आनुभविक शिक्षण कार्यशालाको समापन भएसँगै डी.ए.भी. विद्यालयले आगामी शैक्षिक सत्र देखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली भित्र्याउने निर्णय गरेको छ । 

नेपालमा डी.ए.भी. विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ । विद्यालयका अध्यक्ष अनिल केडियाले यस पद्धति कक्षा नर्सरी देखि कक्षा १२ सम्म अबलम्बन गरिने बताए ।

५–दिवसिय शिक्षण कार्यशाला नसकिँदै डी.ए.भी. विद्यालयले दी प्रोटेजी ग्रुपसँग तीन वर्षसम्म आनुभविक पद्धतिको अबलम्बन, मुल्याङ्कन र शुदृढिकरणको लागि तिन वर्षसम्म साझेदार गर्ने निर्णय समेत गरेको छ । 

दी प्रोटेजी ग्रुपका मुख्य प्रशिक्षक जोएल.एस. गोडि र सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करिब १७ वर्षको अध्ययन र अनुसन्धान बाट थ्रीडीइई फ्रेमवर्कको आनुभविक शिक्षण पद्धती र सी.एफ.पी. (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्षसमेत शिक्षकहरूलाई हस्तान्तरण गरेका छन् ।

मुख्य प्रशिक्षक गोडिले भने–‘अनुभव देखि ज्ञान बाड्ने प्रकृया पारगर्दा मानिसहरूको सिक्ने क्षमता ६०%  देखि ९९% सम्म पुग्दछ’ । 

हामीकहाँ रहेको परम्परागत (सुन्ने,पढ्ने र हेर्ने) शिक्षण पद्धतिले सामान्यतया १०% देखि २०%सम्म सिक्नसक्ने क्षमता प्रदान गर्दछ । प्रशिक्षणको तेस्रो दीन किन्डरगार्टेन देखि कक्षा आठसम्मका अभिभावकहरूलाई समेत सहभागि गराईएको थियो । 

डी.ए.भी विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले नेपालमै यस प्रकारको शिक्षण पद्धति अवलम्बन गर्नु युगान्तकारी कदम रहेको बताईन । उनले डी.ए.भी. विद्यालय परिवर्तित समय र युगको आवश्यकतालाई सम्बोधन गर्न सदैव तयार रहेको बताईन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप