मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारका प्रशंसक करण जोहरसँग किन चिढिए ?

मङ्गलबार, १५ पुस २०७६, ०८ : २८
मङ्गलबार, १५ पुस २०७६

बलिउड फिल्म निर्माता करण जोहरको एउटा ट्वीटका कारण अक्षय कुमारका प्रशंसक रुष्ट छन् ।

करण जोहरले सोमबार बिहान ‘गुड न्यूज’ को फिल्मको कमाईको एउटा ग्राफिक कार्ड ट्वीटरमा सेयर गरे । उक्त कार्डमा ‘गुड न्यूज’ फिल्मको तीन दिनको कमाई ६४.९९ करोड भारु बताइएको छ ।

उक्त ट्वीटमा लेखिएको छ, ‘गुड न्यूज’ ले पहिलो दिन १७.५६ करोड भारु, दोस्रो दिन २१.७८ करोड भारु र तेस्रो दिन २५.६५ करोड भारुको कमाई गरे ।

 गुड न्यूज फिल्ममा अक्षय कुमार, करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी छन् । करण जोहरको धर्मा प्रोडक्सनले फिल्मलाई निर्माण गरेका ेछ ।

 अक्षय कुमारका प्रशंसक कमाईको यो आँकडामा खुसी छैनन् । करणले जानीजानी अक्षय कुमारको फिल्मको कमाईको कम आँकडा पेश गरेको प्रशंसकले आरोप लगाएका छन् ।

 ट्वीटरमा ‘KARAN STOP UNDER REPORTING’ अर्थात् ‘करण कम आँकडा बताउन बन्द गर’ ट्रेन्ड्समा समावेश रह्यो ।

अक्षय कुमारका प्रशंसक करणको कमाईको तुलनामा फिल्म समीक्षक तरण आदर्शको आँकडासँग गरिरहेका छन् ।

वास्तवमा तरण आदर्शले सोमबार आफ्नो एक ट्वीटमा ‘गुड न्यूज’ को सुरुवाती तीन दिनको कमाई ६५.९९ करोड भारु बताएका थिए ।

जबकी करणले सुरुवाती तीन दिनको कमाई ६४.९९ करोड भारु बताएका थिए ।

सोसल मिडियामा प्रयोगकर्ताहरुले यो एक करोडको भिन्नतालाई बेइमानी मानिरहेका छन् । यो बाहेक अर्का फिल्मका समीक्षक कौशिक एलएमले पनि गुड न्यूजको कमाई ६६ करोड बताएका छन् ।

यी प्रशंसकले करणको आलोचना गर्दै यी ट्वीटका स्क्रिनसट सेयर गरिरहेका छन् ।

यद्यपि, तरण आदर्शले ट्वीटर थ्रेडमा गुड न्यूजको कमाईबारे अर्को एउटा ट्वीट गरेका थिए । उक्त ट्वीटमा आइतबारको कमाई २५ करोड बताइएको छ र सुरुवाती तीन दिनको कमाई ६४.९९ करोड भारु बताइएको छ ।

 यो कमाई त्यति नै हो जति करण जोहरले बताएका थिए । तर सम्भवतः अक्षय कुमारका केही प्रशंसकलाई यो पछिल्लो जानकारीबारे थाहा छैन ।

अक्षय कुमारको प्रोफाइल पिक्चर राखिएको प्रिन्स नामका प्रयोगकर्ताले लेखे, ‘सबैजनाले विकेन्डको कमाई ६६ करोड भारु बताइरहेका छन् । तर करणलाई आफ्नो खल्ती भर्नु छ ।’

अर्का प्रयोगकर्ताले लेखे, ‘कलंक फिल्म रिलिज हुँदा करण जोहरले धेरै कमाई बताएका थिए तर गुड न्यूजका बेला उनले गलत जानकारी दिइरहेका छन् ।

संदीप नामका प्रयोगकर्ताले लेखे, ‘प्रिय करण जोहर, अक्षय कुमारका प्रशंसक भएको नाताले मेरो अपिल यो छ कि गुड न्यूज फिल्मको कमाई कम नबताउनुहोस् ।’

अर्का एक प्रशंसकले लेखे, ‘अक्षय कुमार तपाईं करणसँग फिल्ममा अनुबन्ध हुन बन्द गर्नुहोस् । हामी अक्कियन्स चिन्तित छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप