बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारसँग चिनी मिल छैन, निजी क्षेत्रमा भर पर्दा किसान मारमा परे: मन्त्री भुसाल

सोमबार, १४ पुस २०७६, १८ : ५६
सोमबार, १४ पुस २०७६

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले विगत ६० वर्षदेखिको कृषिसम्बन्धी योजना प्रभावकारी बनाएर कार्यान्वयन गर्न नसकेको बताएका छन् । कृषि क्षेत्रमा आत्मनिर्भर तथा व्यवसायीकरण गर्न नसके देश विकासको कल्पनासम्म गर्न नसकिने उनले बताए ।

सोमबार  काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले कृषि उत्पादन जटिल काम भए पनि यसलाई सहज बनाउनुपर्नेमा जोड दिए । 

विगत ६० वर्षमा कृषि क्षेत्र विदेशी लगानीको कमी, निजी क्षेत्रको असहयोग र सरकारको कमजोरीका कारण पछि परेको बताउँदै उनले भने,  ‘सिंगो सरकार, कृषि मन्त्रालय र प्रशासन बलियो भए पनि कृषि क्षेत्रलाई बढवा दिने आधारहरु बलियो बन्न सकेको छैन’ उनले भने, ‘नेपाललाई  कृषि क्षेत्रमा आत्मनिर्भर र व्यवसायीकरण गर्नका लागि आधारशीला तय गर्न जरुरी छ ।’

 कृषिलाई आत्मनिर्भर बनाउनका लागि सरकार निजी क्षेत्र र सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने समेत मन्त्री भुसालले बताए ।   ०७१/०७२ सालदेखि सरकारले तोकेको उखुको मूल्य किसानले नपाएको बताउँदै मन्त्री भुसालले चिनी मिल सञ्चालकले उुखको मूल्य नदिइकन मिल बन्द गर्न लागेको बताए । मिल सञ्चालकसँग सरकारले छलफलको लागि कोसिस गरिरहेको समेत उनले बताए । ‘सरकारसँग चिनी मिल छैन,’ उनले भने ‘निजी क्षेत्रमा भर पर्दा किसान मारमा परे ।’ 

कार्यक्रममा नेपाल चेम्वर अर्फ कमर्शका पदाधिकारीहरुले हाइड्रोपावर र पर्यटन क्षेत्रजस्तै कृषि क्षेत्रमा पनि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर आगाडि बढ्न लागेको बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप