सन् २०१९ का उत्कृष्ट २० तस्विर
काठमाडौँ । हामी सन् २०१९ को अन्त्यतिर आइपुगेका छौँ । यो वर्षको अन्त्यतिर आइरहँदा रोयटर्सले यस वर्षका उत्कृष्ट तस्विहरु छनौट गरेको छ ।
यो वर्ष विश्वभर घटेका विभिन्न घटनाहरुलाई रोयटर्सका फोटोपत्रकारहरुले आफ्नो क्यामरामा कैद गरेका छन् । त्यसमध्येका केही उत्कृष्ट तस्विरहरुलाई यहाँ समावेश गरिएको छ ।
महिला फुटबल विश्वकपको क्वाटर फाइनल खेलमा फ्रान्सविरुद्ध गोल गरेपछि अमेरिकी खेलाडी मेगन रापिनोइ । अमेरिकाले चौथो पटक उक्त प्रतियोगिता जितेको थियो । बेनोइट टेसियर
फ्रान्समा आयोजित जी ७ समिटका दौरान प्रथम महिला मेलानिया ट्रम्प क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउलाई चुम्बन गर्दै, छेउमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । कार्लोस बारिया
मेक्सिकोको रियो ब्राभो खोलामा भेटिएको आप्रवासी ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भालेरियाको शव । स्ट्रीन्जर
इथोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्त आफ्नो अनुहारमा माटो दल्दै । तिस्का नेगेरी
भेनेजुएलाको काराकासमा भएको प्रदर्शनका दौरान सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गाडी चलाउँदै । उस्लेइ मार्सिलेनो
डकार र्यालीका दौरान पेरुको मरुभूमिमा गाडी । कार्लोस जसो
कन्जरभेटिभ पार्टीको नेतृत्व त्यागको घोषणा गर्दा भावुक बनेकी बेलायती प्रधानमन्त्री थेरेसा मे । टोबी मेल्भील
चिलीको स्यान्टियागोमा भएको विरोध प्रदर्शन । इभान अल्भाराडो
सिरियामा कैद गरिएको एक बालकको तस्विर । रोडी सइद
केन्याकी तुरकाना आदिवासी महिला आफ्नो वासस्थानमा आगलागी भएपछि । गोरान तोमासेभिच
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको भेट । केभिन लामार्क
जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवमा बेइजिङको तियानमेन स्क्वेरमा आयोजित कार्यक्रम । जेसन लि
अदालत लैजान अघि विकिलिक्सका संस्थापक जुलियन असान्ज ।
गाजामा प्रदर्शनका क्रममा घाइते १२ वर्षीय प्यालेस्टिेनियन बालकको उद्दार गरिँदै । इब्राहिम अबु मुस्तफा
इक्वेडरमा प्रदर्शनका दौरान घरेलु हतियार चलाउँदै प्रदर्शनकारी । इभान अल्भराडो
लण्डनको टावर ब्रिजबाट थेम्स नदीमा हाम फाल्दै एक युवक । अल्किस कोन्सटानटिनीडिस
वर्षात्पछि पातमा भेटिएको एक भ्यागुतो । नभेष चित्रकार
कुपोषणको शिकार बनेकी यमेनकी १२ वर्षीया फातिमा इब्राहिम हादी
बङ्गलादेशको सुकुम्बासी क्षेत्रमा भएको आगलागीपछिको दृश्य । मोहमद पोनिर होसेन
स्पेनको सान फर्मिन महोत्सवका दौरान चर्चित बुलफाइटिङको दृश्य । जोन नाज्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा