शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमानका कारण कंगाल भएकी थिइन् यी नायिका, ठेलामा यात्रा गराउनुपरेको थियो शव

मङ्गलबार, ०६ भदौ २०७४, १३ : ५८
मङ्गलबार, ०६ भदौ २०७४

आज अर्थात् अगस्ट २२ तारिख नायिका विमीको पुण्यतिथी हो । ४० वर्ष पहिले आजकै दिन विमीले यो संसारलाई विदाई गरेकी थिइन् । विमी ती नायिकामध्ये एक थिइन् जसले ६० र ७० को दशकमा फिल्मी पर्दामा राज गरिन् । उनको सुन्दरताको हरेकले तारिफ गर्दथे ।

तर उनको जीवन निकै कष्टपूर्ण तरिकाले बित्यो । फिल्ममा आउनुपूर्व नै विमी विवाहित थिइन् तर यसले उनको फिल्मी करियरमा केही प्रभाव पारेन । पहिलो फिल्म ‘हमराज’ बाटै उनी रातारात स्टार बनिन् । त्यसपछि उनका लागि फिल्मको लाइन लाग्यो ।

निर्माता निर्देशकले विमीलाई आफ्नो फिल्ममा अनुबद्ध गर्नका लागि उनको घर नै घाउने गर्दथे । तर एकाएक विमीको उत्कृष्ट करियरमा उनका श्रीमानले बाधा पुर्याउन सुरु गरे ।

एक वेबसाइटका अनुसार विमीका श्रीमान् उनलाई निकै प्रताडित गर्दथे । विमीले कुन फिल्म खेल्ने, कुन नखेल्ने भन्ने बारे उनका श्रीमानले नै तय गर्दथे । श्रीमानका कारण उनको स्टारडम क्रमशः कम हुन थाल्यो । आजित भएर उनी श्रीमानसँग अलग्गिइन् तर उनको करियर धुमिल भइसकेको थियो जसले उनलाई अत्यधिक प्रभावित तुल्यायो ।

फिल्म निर्माता उनीसँग टाढा हुन थाले र फिल्मको अफर पनि बन्द भयो जसका कारण विमीसँग न त कुनै भावुक समर्थन थियो न नै व्यवसायिक । काम नभएपछि उनी आर्थिक समस्याबाट गुज्रनु पर्यो । उनले आफ्ना निर्मातासँग आर्थिक सहयोग माग्दा सबैले अस्विकार गरे ।

आर्थिक समस्याका कारण विमीले आफ्नो बंगला पनि छोड्नुपरेको थियो जसमा उनी बसिरहेकी थिइन् ।

त्यसपछि विमी एकाएक हराइन, उनको खोज खबर गर्ने कोही पनि थिएन । डिप्रेशन, करियर समाप्त भएपछि उनले आफूलाई रक्सीको कुलतमा धकेलिन् ।

आर्थिक समस्यासँग जुघ्नका लागि विमीले वेश्यावृत्ति पनि अपनाएको बताइन्छ जसले उनको बचेको करियर पनि बर्बाद भयो ।

उनको मृत्युपश्चात् शव यात्राका लागि पैसा थिएन जसका कारण उनको शवलाई एक ठेलामा राखेर अन्तिम संस्कारका लागि लैजानुपर्यो । उनको अन्तिम यात्रामा चार–पाँच जनामात्र उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप