शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग

आइतबार, १३ पुस २०७६, ११ : ४८
आइतबार, १३ पुस २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ ।

काठमाडौंमा सम्पन्न पार्टीको उच्च कार्यसम्पादन समितिको वैठकले सो माग गरेको हो । 

बैठकपछि जारी प्रेस विज्ञप्तिमा राप्रपा (संयुक्त) ले वर्तमान सरकारले संवैधानिक अंगहरुलाई पंगु र सरकारको लाचार छायाँ बनाउन लागि आरोप लगाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नयाँ ऐन कानुनको व्यवस्थाबाट महालेख परीक्षक र निर्वाचन आयोगको अधिकार कटौति गरीसकिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र मानव अधिकार आयोगको अधिकार कटौति गर्न विधेयक ल्याइएको छ । यसले वर्तमान सरकार संवैधानिक अंगहरुलाई पंगु र सरकारको लाचार छायाँ बनाउन लागि परेको प्रष्ट हुन्छ ।’

नेपाल ट्रष्टलगायत वाइड बडी जहाज खरीद प्रकरण, ललिता निवास जग्गा प्रकरण, ३३ किलो सुन प्रकरण र विराटनागर जुट मिल चल अचल सम्पत्ति हिनामिनामा कानुन बमोजिमको कारवाही पनि राप्रपा (संयुक्त) ले माग गरेको छ ।

सरकार भित्रकै विवादले परराष्ट्र नीति र अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पारेको भन्दै राप्रपा (संयुक्त) ले सहश्राब्दी विकास कार्यक्रम (एमसीसी) बारे सरकारको स्पष्ट धारणा माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप