शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धैर्य बिना सफलता असम्भव

आइतबार, १३ पुस २०७६, ०८ : ४५
आइतबार, १३ पुस २०७६

जीवनलाई सुखी र सफल बनाउनका लागि गरुड पुराणमा थुप्रै नीति बताइएका छन् । गरुण पुराण १८ वटा पुराणमध्ये एक हो । यसमा जीवन र मृत्युसँग जोडिएका रहस्यबारे बताइएको छ । गरुण पुराणमा आचारकान्डको नीतिसार अध्यायमा बताइएका केही विशेष नीतिबारे जानकारी लिऔंः

– सधैं धैर्यवान् हुनुहोस्

कुनै पनि काममा स्थाई सफलता त्यतिबेला मात्रै पाइन्छ जब हामी अन्तिम समयसम्म धैर्यवान् हुनेछौं । जुन पल धैर्यतालाई तोड्दै हतार गर्न थाल्नुहुन्छ त्यति बेला असफल हुने सम्भावना बढ्न थाल्छ । त्यसकारण हतार नगर्दा नै राम्रो हुन्छ ।

– क्रोधलाई नियन्त्रण गर्नुहोस्

क्रोधका कारण कुनै पनि व्यक्तिको सोच्ने बुझ्ने क्षमता कम हुनथाल्छ । क्रोधी व्यक्तिको जीवन शान्तपूर्ण हुन सक्दैन । जहाँ अशान्ति हुन्छ त्यहाँ असफलता र दरिद्रताले जरो गाडेको हुन्छ । क्रोधका कारण बन्नै लागेको काम बिग्रन्छ ।

– बिचार र शरीरलाई पवित्र बनाइराख्नुपर्छ

हामीले कहिले पनि अरु बारे नराम्रो सोच्नु हुँदैन । महिलाप्रति गलत विचार राख्ने पुरुषले भाग्यको साथ पाउँदैनन् । विचारको पवित्रता कायम गर्नुपर्छ । जो व्यक्ति मन र शरीरको पवित्रता कायम राख्छन् उनीहरुको सकारात्मक सोचका कारण सफलता पाइने अत्यधिक सम्भावना बढ्ने गर्छ । मनको पवित्रता राम्रो विचारमार्फत् कायम रहन्छ भने शरीरको पवित्रता सफा सुग्घर रहँदा यथावत् हुन्छ ।

– सबैलाई दया गर्नुहोस्

आवश्यकतामा भएका मानिसहरुको लागि हाम्रो मनमा दयाको भाव हुन अत्यावश्यक छ । समय समयमा यस्ता मानिसहरुलाई आफ्नो गच्छे अनुसार मद्दत गरिरहनुपर्छ ।

– सरल र मिठो बचन बोल्नुपर्छ

घर परिवार होस् वा समाजमा, हामीले सधैं मिठो बचन प्रयोग गर्नुपर्छ । जान अञ्जानमा कहिले पनि यस्ता शब्दको प्रयोग नगर्नुहोस् जसले कसैको मनमा ठेस् पुर्याउँछ । तितो र कडा बोल्ने मानिसले घर–परिवार र समाजको मान–सम्मान प्राप्त गर्दैनन् ।

– साथीसँग द्वेषको भावना नराख्नुहोस्

साथीभाइ र शुभचिन्तकसँग द्वेषको भावना राख्नुहुँदैन । अरुलाई घृणा गर्ने मानिसहरु कहिले पनि खुसी हुन सक्दैनन् । सबैसँग प्रेम भाव राख्नुहुन्छ भने मन शान्त हुनेछ र प्रसन्नता कायम रहिरहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप