मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षबारे ट्वीट गर्दा आलोचित भए अमिताभ बच्चनः अनुराग कश्यपले भने, ‘फरक १९–२० को होइन, फरक निकै ठूलो छ’

आइतबार, १३ पुस २०७६, ०८ : १०
आइतबार, १३ पुस २०७६

नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । हालै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९–२० को फरक त हो नि । ’

अमिताभको यो ट्वीटपछि फिल्म निर्माता अनुराग कश्यपले आफ्नो प्रतिक्रिया दिँदै उनीमाथि निशाना साँधेका छन् ।

अनुरागले अभिताभलाई दिए जवाफः

अनुरागले यो ट्वीटको जवाफ दिँदै लेखे, ‘यसपटक फरक १९ –२० को मात्रै होइन, यसपटक फरक निकै ठूलो छ । अहिले तपाईं आफ्नो ध्यान स्वास्थ्यमा केन्द्रीत गर्नुहोस् । तपाईं ७० को दशकमा नै आफूले सक्दो गरिसक्नुभएको छ, त्यतिबेलादेखिको तपाईंभित्रको बच्चन हामीले आफूभित्र लिएर घुमिरहेका छौं ।

अनुरागले यसअघि अक्षय कुमारमाथि पनि नागरिकता संसोधन विधेयकको विषयमा उनीमाथि कटाक्ष गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप