श्रीमती आफूभन्दा अघि हिँडेको भन्दै श्रीमानले गरे सम्बन्धविच्छेद
दुबई – साउदी अरबमा निकै स–सानो कुरामा सम्बन्धविच्छेद दिने चलन लगातार बढिरहेको छ । नयाँ मामलामा साउदीका एक व्यक्तिले आफ्नी श्रीमतीसँग यसकारण सम्बन्धविच्छेद गरे किनभने उनकी श्रीमती उनीभन्दा अगाडि हिँडिरहेकी थिइन् ।
स्थानीय मिडियाका अनुसार श्रीमानले थुप्रै पटक आाफूभन्दा अगाडि नहिँड्न श्रीमतीलाई चेतावनी दिएपनि श्रीमतीले उनको भनाई नमानेपछि उनीसँग सम्बन्धविच्छेद गरेका हुन् । यद्यपी, अहिलेसम्म यी व्यक्तिको पहिचान हुन सकेको छैन ।
अर्का एक मामलामा हनिमूनमा गएका एक जोडीको पाउजु लगाउने विषयमा कुरा नमिल्दा सम्बन्धविच्छेद भएको थियो । श्रीमतीलाई पाउजु लगाउन चाहन्थिन् तर श्रीमान भने त्यस्तो चाहँदैनथे । यस्तैमा अर्को एक मामलामा एक श्रीमानलाई श्रीमतीको कुरा गर्ने शैली मन नपरेपछि सम्बन्धविच्छेद गरेका थिए ।
साउदीमा सम्बन्धविच्छेदका मुद्दामा तीब्र वृद्धि भएपछि अब प्रशासनले विवाहित जोडी विशेषगरी नवविवाहितका लागि काउन्सिलिङ सेवा सुरु गर्ने माग गरिँदै छ । साउदीमा विवाह गराउने एक व्यक्ति हुमूद अल शिमारीका अनुसार पछिल्लो दुई वर्षमा सम्बन्धविच्छेदका मुद्दामा तिब्र वृद्धि भइरहेको छ । अल शिमारीले यसका विभिन्न कारण बताए तर आधुनिक प्रविधीलाई सबैभन्दा ठूलो दोषी बताइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै