शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईञ्जाको ग्लोबल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटी गठन

शनिबार, १२ पुस २०७६, १२ : ५४
शनिबार, १२ पुस २०७६

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ ।

 पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) छन् । उपाध्यक्षमा पत्रकारहरु टंक पन्त (एशिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) छन्।

ईञ्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहेका छन् भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल,  पत्रकार तीर्थ कोइराला, गंगा लामिटारे (अधिकारी) र सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल, छन् ।

ईञ्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन भएका छन्।

कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल छन् । कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफ ईञ्जा, अमेरिकाको इञ्चार्जको भूमिका समेत निर्वाह गर्नेछन् ।

ईञ्जाका सदस्यहरुमा अमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योति कुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सृजन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेति, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली, क्यानाडावाट डा। किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट ध्रुब पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा, र विनेश खनाल, भारतवाट भरत पौडेल र मध्यपूर्ववाट सुवास शर्मा र तेज वहादुर थापा चयन भएका छन्।

ईञ्जा युरोप 
पत्रकार ददी सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको छ।  पत्रकारहरु भगिरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहेका छन्। ईञ्जा युरोपको सदस्यहरुमा भक्त खनाल (वेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), बिष्णु शर्मा (पोर्चुगल) , रविचन्द्र भट्टराइ (अष्ट्रिया) र जयराम तामाड (वेलायत) छन् ।

ईञ्जा एसिया :

पत्रकार टंक पन्तको अध्यक्षतामा रहेको ईञ्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने छन् भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुङ (कोरिया) छन् । महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत चयन भएका छन् । ईञ्जा एशियाको सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य छन् ।

यसैगरी ईञ्जाद्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको सामुदायिक पत्रकारिता पुरस्कारका लागि ईञ्जाले सन् २०१९ भरिमा प्रकाशित वा प्रसारित आ-आफ्ना समाचारहरुको प्रति सामेल गरी आवेदन दिन सम्पूर्ण इच्छुक पत्रकारहरुलाई आह्वान गरेको छ । पुरस्कार प्राप्त गर्नका लागि इच्छुक पत्रकारहरुले २०२० को जनवरी ३१ भित्रमा ईञ्जा मुख्यालयको इमेल [email protected] मा आफ्नो प्रकाशित प्रसारित समाचार पठाइसक्नु पर्नेछ। ईञ्जा अन्तरराष्ट्रिय पत्रकार पुरस्कार २०१९ भने यसअघि नै हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरि सकिएको छ ।

ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरुवाट उत्कृष्ट समाचार चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनोट समिति समेत गठन गरिएको छ ।

यसैगरी ईञ्जाले प्रदान गर्ने १ हजार अमेरिकी डलर राशीको स्रष्टा सम्मान पुरस्कारका लागि छनौट गर्न साहित्यकार तथा बरिष्ठ गीतकार अम्विका गुरुड, इन्जा वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहाल र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तिमगर रहेको समिति समेत गठन गरिएको छ। 

यसैगरी प्रवासका नेपाली समुदायका हितमा राम्रो काम गर्ने संघ सस्थालाई थप प्रोत्साहन गर्न प्रत्येक बर्ष १ हजार अमेरिकी डलर राशीको पुरस्कारबाट पुरस्कृत गरिने छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप