शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुशल पंजाबीको आत्महत्याको खबर सुनेर यस्तो छ आमाको हालत, साथीले गरे खुलासा

शनिबार, १२ पुस २०७६, १० : २३
शनिबार, १२ पुस २०७६

टिभी र बलिउडका चर्चित अभिनेता कुशल पंजाबीले बिहिबार आत्महत्या गरेका छन् । उनको मृत्युको खबरले पूरा मनोरञ्जन उद्योग अहिले शोकमग्न छ । कुशालको निधनको खबर उनका नजिकका साथी करणवीर सिंहले दिएका थिए । यस्तै उनका साथी चेतन हंसराजले पनि उनले डिप्रेशनका कारण आत्महत्याको कदम उठाएको बताएका थिए । अब इन्डष्ट्रिकै उनका अर्का साथी कुशल टन्डनले कुशल पंजाबीकी आमाको अवस्थाबारे जानकारी दिएका छन् ।

भारतीय मिडियाका अनुसार कुशल टन्डन कुशाल पंजाबीकी आमालाई भेट्न पुगेका थिए । पिंकविलासँगको कुराकानीमा उनले भने, ‘म उनको खासै नजिकको साथी त होइन तर मैले उनलाई घटना हुनु एकदिन अगाडि भेटेको थिएँ । जब मैले उनले आत्महत्या गरेको खबर सुनेँ तब म स्तब्ध भएँ । उनी निकै व्यवस्थित व्यक्ति थिए । उनले आखिर यस्तो कदम किन उठाए मैले बुझ्न सकिरहेको छैन । खासमा कसैले पनि यस्तो कदम उठाउनु हुँदैन ।’

कुराकानीको क्रमलाई अघि बढाउँदै उनले भने, ‘मैले उनकी आमा र बहिनीलाई पनि भेटेँ । उनका आमा–बुवाले यो कुरा स्विकार गर्न सकिरहेका छैनन् । उनीहरु निकै रोइरहेका छन् । मैले जब उनको आमा भेटेँ तब उनले मेरो हात समातेर ‘तिमी पनि कुशल हौ नि ? यहाँ बस न, मसँगै बस न । ऊ हिजो राती तिम्रो पार्टीमा आएको थियो नि ? के ऊ ठिक थियो ?’ भनेर सोधेकी थिइन् । कुशल एक्लो छोरा हो । उनीहरु निकै विक्षिप्त भएका छन् ।’

कुशल टण्डनले थपे, ‘मलाई थाहा थियो कि उनको विवाहमा केही समस्या भइरहेको थियो तर यस्तो कदम उठाउनु निकै ठूलो घटना हो । डिप्रेशनबारे खुल्ला रुपमा कुराकानी हुन आवश्यक छ । कहिलेकाँही अगाड भएका मानिसलाई पनि के भइरहेको छ थाहा हुँदैन । मलाई लाग्छ कि जब हामी कोही अपरिचितलाई भेट्छौं तब हामीले उसलाई अँगालो हालेर ‘तिमी ठिक छौ ?’ भनेर सोध्नुपर्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप