बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिव्या भारतीदेखि परवीन बबीसम्मः यी चर्चित १० सेलिब्रिटीले गरेका थिए आत्महत्या

शनिबार, १२ पुस २०७६, ०८ : २१
शनिबार, १२ पुस २०७६

बिहिबार राती भारतीय टिभी जगतका चर्चित अभिनेता कुशल पंजाबीले पङ्खामा झुण्डिएर आत्महत्या गरे । उनी अघि भारतीय मनोरञ्जन क्षेत्रका केही चर्चित हस्तीले आत्महत्या गरेरै आफ्नो इहलीला समाप्त गरेका छन् । यसबारे जानकारी लिऔं ।

१. गुरुदत्तः

५० र ६० को दशकमा भारतीय फिल्म उद्योगका दिग्गज मानिन्थे गुरुदत्त । उनलाई उत्कृष्ट फिल्म निर्देशकबाहेक उत्कृष्ट अभिनेताको रुपमा पनि हेरिन्थ्यो । अक्टोबर सन् १९६४ मा मुम्बईको पेड्डर रोड इलाकामा रहेको आफ्नो अपार्टमेन्टमा उनी मृत भेटिएका थिए । आवश्यकताभन्दा बढी रक्सी र निद्राको औषधी खाएका कारण उनको मृत्यु भएको थियो ।

२. मनमोहन देसाईः

हिन्दी फिल्मका सफल फिल्म निर्मातामध्ये एकमा सूचीकृत मनमोहन देसाइले थुप्रै व्यावसायिक फिल्म बनाएका थिए । बक्स अफिसमा उनका ‘अमर अकबर एन्थनी, कूली र मर्द’ अत्यधिक सफल भएको थियो । सन् १९७९ मा उनको श्रीमतीको मृत्यु भएको थियो । सन् १९९२ मा उनी नन्दासँग सम्बन्धमा रहे जसले उनलाई मृत्यु हुँदासम्म साथ दिइन् । मसाला फिल्मका बादशाह भनिने मनमोहन देसाइको फिल्म पछि फ्लप हुन थालेको थियो । मार्च सन् १९९४ मा गिरगाँवस्थित आफ्नो फ्ल्याटको बाल्कनीबाट उनले हाम फालेका थिए जसका कारण उनको मृत्यु भयो ।

३. दिव्या भारतीः

बलिउडकी चर्चित अभिनेत्री दिव्या भारतीको मृत्यु निकै शंकास्पद थियो । उनका श्रीमान् साजिद नाडियाडवालाका अनुसार दिव्याले पाँचौं तल्लाबाट हाम फालेकी थिइन् । अप्रिल ५ सन् १९९३ मा उक्त घटना भएको थियो । त्यतिबेला दिव्या भारती १९ वर्षकी मात्रै थिइन् । १९ वर्ष पुग्दा उनले १४ फिल्मका काम गरेकी थिइन् ।

४. सिल्क स्मिताः

सिल्क स्मिताको वास्तविक नाम विजयलक्ष्मी थियो । उनी अनाथ थिइन् र आन्द्र प्रदेशमा एक महिलाले उनलाई धर्मपुत्रीको रुपमा पालेकी थिइन् । १६ वर्षको उमेरमा सिल्क स्मिता आफ्नी आमासँग मद्रास गइन् । मेकअप आर्टिस्टको रुपमा फिल्मी क्षेत्रमा कदम राख्ने सिल्क स्मिता बिस्तारै बिस्तारै फिल्ममा काम गर्न थालिन् । उनी अत्यधिक चर्चित पनि भइन् । सन् १९९६ सेप्टेम्बरमा सिल्क स्मितालाई आफ्नो चेन्नईस्थित फ्ल्याटमा मृत पाइयो ।

५. रिम कपाडियाः

रिम कपाडिया डिम्पल कपाडियाकी कान्टी बहिनी थिइन् । केही हिन्दी फिल्ममा उनले काम गरेकी थिइन् । यीमध्ये एक फिल्म हवेली पनि थियो जसमा उनी राकेश रोशन र मार्क जुबैरसँग पर्दामा देखिएकी थिइन् । सन् २००० मा उनी लण्डनमा मृत अवस्थामा पाइन् । उनले आत्महत्या गरेको बताइन् । तर यसबारे पुष्टि भने भएन ।

६. परवीन बबीः

हिन्दी फिल्ममा सफल अभिनेत्रीमध्ये एक परवीन बबी सन् २००५ मा आफ्नो अपार्टमेन्टमा मृत पाइएकी थिइन् । उनी लामो समयदेखि एक्लै बसिरहेकी थिइन् र बाहिरी दुनियाँसँग उनको कुनै सम्पर्क थिएन । घर बाहिर निकै लामो समयदेखि छरिएको पत्रिका पनि भित्र नलगेको देखेपछि शंका लागेर छिमेकीले पुलिसलाई बोलाएको थियो । ढोका फोडेर हेर्दा उनको शव भेटिएको थियो ।

७. नफीसा जोसेफः

नफीसा जोसेफ एमटीभीकी चर्चित कार्यक्रम प्रस्तोता थिइन् । साथै उनले मोडलिङ पनि गरेकी थिइन् । सन् १९९७ मा उनले फेमिना मिस इन्डिया युनिभर्सको उपाधि पनि जितेकी थिइन् र मिस युनिभर्सको अन्तिम प्रतिस्पर्धीमध्येकी एक थिइन् । सन् २००४ मा वर्सोवास्थित आफ्नो फ्ल्याटमा उनको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

८. कुलजीत रंधावाः

कुलजीत रंधावा नफीसा जोसेफकी नजिककी साथी थिइन् । नफीसाको मृत्युका कारण उनी निकै विक्षिप्त भएन् । फेब्रुअरी सने २००६ मा सबैकुरा राम्रै चलिरहेको थियो । उनले फिल्म बाई चान्सको सुटिङ समाप्त गरेकी थिइन् र स्टार वनको टेलिश्रृङ्खला स्पेशल स्क्वाडमा पनि उनले मुख्य भूमिका पाएकी थिइन् । तर उनको शव पनि पंखामा झुण्डिएको अवस्थामा भेटियो । उनले आफ्नो सुसाइड नोटमा जीवनको दबाब झेल्न नसकेको बताएकी थिइन् ।

९. जिया खानः

बलिउडमा जिया खानको प्रवेश जोडदार तरिकाले भएको थियो । उनले सुरुवातमै अमिताभ बच्चन र आमिर खानजस्ता कलाकारसँग काम गरिन्  । तर यति हुँदाहुँदै पनि उनको करियर खासै जम्न सकेको थिएन । सन् २०१३ मा उनको पनि शव पंखामा झुण्डिएको अवस्थामा भेटियो । अभिनेता आदित्य पंचोलीका छोरा सुरज पंचोलीमाथि आत्महत्या दुरुत्साहनको आरोप लाग्यो । सुरजविरुद्ध अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ ।

१०. प्रत्युषा बनर्जीः

भारतीय टिभी जगतकी चर्चित अनुहार प्रत्युषा बनर्जीले पनि आत्महत्या गरेकी थिइन् । सन् २०१६ मा उनको शव उनको फ्ल्याटमा भेटिएको थियो । उनी निकै लामो समयदेखि डिप्रेशनमा भएको मानिन्छ । टिभी सिरियल बालिका वधुबाट उनी निकै चर्चित भएकी थिइन् । उनी रियालिटी शो बिग बसमा पनि प्रतियोगीको रुपमा उपस्थित भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप