शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

८ महिनादेखि यी बलिउड नायिकाले पिएकी छैनन् रक्सी, ट्वीटरमा गरिन् पोष्ट

मङ्गलबार, ०६ भदौ २०७४, १२ : २२
मङ्गलबार, ०६ भदौ २०७४

आलिया भट्टकी दिदी र नायिका–फिल्म निर्माता पूजा भट्टले सार्वजनिक रुपमा नै आफ्नो रक्सी पिउने बानीबारे खुलासा गरिसकेकी छिन् । तर, अब आफू बिस्तारै उक्त लतबाट छुटकारा पाउने यात्रामा रहेको उनले बताएकी छिन् । केही दिन अघि पूजाले आफ्नो ट्वीटरमा एक सेल्फी पोष्ट गदैृ उक्त कुराबारे जानकारी दिएकी हुन् ।

उनका अनुसार पूजाले सन् २०१६ को डिसेम्बरदेखि रक्सी छोएकी पनि छैनन् । उनले मुम्बई मिररलाई दिएको अन्तर्वार्तमा भनेकी थिइन्, ‘म अहिले ४५ वर्षको भएँ र यदि मैले आफ्नो आयुलाई १० वर्ष थप गर्न सोचेकी छु भने यसका लागि मैले सबैकुरा छोड्नुपर्छ । मैले रक्सी र नशाको सबै लत त्याग्नुपर्छ ।’

पूजाले उक्त अन्तर्वार्तापछि नै रक्सीलाई हात लगाएकी छैनन् ।

आलियाकी सौतेनी दिदी हुन् पूजाः

पूजा महेश भट्टकी जेठी श्रीमतीकी छोरी हुन् । महेशकी श्रीमती किरन भट्ट एङ्ग्लो इन्डियन थिइन् । उनलाई लरेन ब्राइटको नामले चिनिन्छ । पूजाका साथै किरनसँग महेशका एक छोरा पनि छन् । उनी राहुल भट्ट हुन् । अब पूजा भट्ट आफ्ना बुवा महेश, सौतेनी आमा सानी राजदान र सौतेनी बहिनी आलिया भट्टसँगै बस्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप