शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्या गरेका टिभी नायक कुशलको सुसाइड नोटमा के थियो ?

शनिबार, १२ पुस २०७६, ०७ : ३७
शनिबार, १२ पुस २०७६

भारतीय टिभी जगतका चर्चित नायक कुशल पंजाबीले बिहिबार राती पंखामा झुण्डिएर आत्महत्या गरेका छन् ।

मुम्बई पुलिसले उनले आत्महत्या गरेको पुष्टि गरेको छ । उनलाई भाभा अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

पुलिसले कुशलको घरबाट सुसाइड नोट पनि पाएको छ । पुलिसका अनुसार कुशलले साढे एक पानाको नोटमा उनको मृत्युको लागि कसैलाई जिम्मेवार नदेखाउन आग्रह गरेका छन् ।


पुलिसका अनुसार उक्त सुसाइड नोटमा लेखिएको छ, ‘मेरो सम्पत्तिको ५० प्रतिशत हिस्सा मेरा आमाबुवा  र बहिनीलाई बराबर बाँडियोस् जबकी बाँकी भएको ५० प्रतिशत मेरा तीन वर्षका छोरालाई दिइयोस् ।’

कुशलले सन् २०१५ मा अड्री डलेनसँग विवाह गरेका थिए, अप्रिल सन् २०१६ मा उनीहरुको छोरा जन्मिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप