बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न

मङ्गलबार, ०६ भदौ २०७४, १२ : १३
मङ्गलबार, ०६ भदौ २०७४

बनेपा– लिखुडोल कृषि सहकारी तथा काभ्रे कुषि बजारको समन्वयमा सबल नेपालले आयोजना गरेको जिल्ला स्तरीय स्वच्छता, सरसफाईयूक्त बजार जनचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।
 कृषि बजारलाई व्यवस्थित तथा सरसफाईयुक्त बनाउने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा किसान, व्यापारी, ढुवानीकर्ता लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले बनेपाको विकासका लागि आफु पार्टीको व्यक्ति नभई नगरवासीको व्यक्तिका रुपमा उभिएर काम गर्ने बताए । त्यस्तै बनेपा नगरपालिकाका उप प्रमुख रेखा दाहालले आफु पनि किसानकै छोरी भएको र किसानका हितमा आफुले काम गर्ने बताईन् । 
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत कृष्ण धिताल, बनेपा नपा वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, वडा नं.७ का अध्यक्ष वर्ण शाक्य, सबल कार्यक्रमका वरिष्ठ क्लष्टर संयोजक शक्ति कुमार लामा, सबल कार्यक्रमका कार्यक्रम संयोजक महेश बडाल लगायतले काभ्रेको विकासका लागि सबैले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नु पर्नेमा जोड दिए ।
 काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले काभ्रेका कृषक व्यवसायीहरुको सक्षमता तथा आय स्तर उन्नतीका लागि संस्थागत रुपले सहयोग गर्ने बताए । 
काभ्रेमा वर्सेनि ३० अर्बको तरकारी उत्पादन हुने तथ्यांक रहेको बताउँदै लिखुडोल कृषि सहकारीका कार्यकारी संचालक एवं काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लिका संचालक जयराम सिग्देलले सहकारीका माध्यमबाट कृषकहरुको वीमा, बाली वीमा, स्वास्थ्य वीमा लगायतमा संस्थाले सहयोग गर्ने बताए । 
कार्यक्रममा सबल नेपालले काभ्रे कृषि बजारलाई १५ वटा डस्टवीन, कुचो, पञ्जा, मास्क हस्तान्तरण गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप