शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यति छ शाहरुख खानकी छोरीको जुत्ता र ब्यागको मूल्य

मङ्गलबार, ०६ भदौ २०७४, १२ : १२
मङ्गलबार, ०६ भदौ २०७४

शाहरुख खानकी छोरी सुहाना खान केही दिन अघि सुपरड्राई इन्डियाको पार्टीमा समावेश भइन् । ल्याकमे फेशन विकमा आयोजित उक्त पार्टीमा सुहाना निकै महँगो जुत्ता र क्लचसहित उपस्थित भइन् । पार्टीमा सुहानाले ८३ हजार भारुको जुत्ता र ३५ हजार भारु मूल्य पर्ने क्लच बोकेकी थिइन् ।

उक्त पार्टीमा थुप्रै स्टार किड्स समावेश भए जसमध्ये शाहरुख खानकी छोरीको विशेष चर्चा रह्यो । स्मरण रहोस्, पार्टीमा सुहानाले सेन्ट लौरेन ब्रान्डको चेन भएको बुट लगाएकी थिइन् । उक्त जुत्ताको मूल्य करिब ८३ हजार भारु हो । छालाको उक्त जुत्तामा एंकल इस्ट्रेप र क्रस राउन्ड चेन लगाइएको थियो । उक्त जुत्ताको ४.१ इन्च हिल छ । यस्तै, उनले पहेंलो रङको जिम्मी चो ब्रान्डको क्यान्डी क्लच बोकेकी थिइन् । उक्त ब्यागको मूल्य ३५ हजार भारु हो । उक्त क्लचमा चेन लगाइएको छ । उनले कालो रङको स्लिभलेस टप र सेतो रङको टाइट जिन्स लगाएकी थिइन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त पार्टीको फोटो पनि सेयर गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप