बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक संजालमा चलचित्र ‘२ रुपैयाँ’को सम्वाद चर्चा

मङ्गलबार, ०६ भदौ २०७४, ११ : ३४
मङ्गलबार, ०६ भदौ २०७४

काठमाडौं –‘यसलाई सेल्फपि भन्छन् मोरा’, ‘खुर्रर जाएगा, खुर्रर आएगा’ लगायत केही सम्वादको अहिले सामाजिक सञ्जालमा निकै चर्चा हुने गरेका छन् । यी सम्वाद चलचित्र ‘२ रुपैयाँ’को हो ।
२३ भदौबाट प्रदर्शनमा आउँने तयारी रहेको यो चलचित्र आसिफ शाहले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक समेत रहेका निश्चल बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङको साथमा निर्देशक आशिफको पनि मुख्य रहेको छ ।
चलचित्र निर्माण केही पहिले नाम सार्वजनिक गरिएको थियो । नाम सार्वजनिकको समयमा ‘२ रुपैयाँ’ के कस्तो चलचित्र भनेर बिभिन्न प्रतिक्रिया आएका थिए । 
नेपालको तराइ भूभागमा कम रकमको नोटको पृथक नम्बरलाई प्रयोग गरि कारोबार गरिने कथा चलचित्रमा उठाउन खोजेको निर्देशक शाहले सो समय भनेका थिए । यो शाहले सानै उमेरदेखि सुन्दै आएको कथा पनि हो ।
चलचित्रको एक गीत ‘कुटुमा कुट’ले पनि अहिले संगीतिक बजार तताएको छ । छिटो समयमा युट्युबमा १ करोड ७० लाख बढी दर्शक पाएको यो गीतको चर्चाले पनि चलचित्र प्रति दर्शकको उत्सुकता जागेको छ ।
पछिल्लो समय प्रेमकथामा आधारित थुप्रै चलचित्र प्रदर्शनमा आएका छन् । ति चलचित्रको भिडमा आफुले बेग्लै हाँसो र रमाइलो वातावरणमा चलचित्र ‘२ रुपैयाँ’ बनाएको निर्देशक शाहले बताए । 
आशिफले केही पहिले ‘कर्कश’ चलचित्र निर्देशन गरेका थिए । सो चलचित्रले निर्मातालाई लाभ दिन नसकेपनि निर्माणको हिसावमा भने चर्चा  पाएको थियो । कर्कस प्रदर्शनकै समयमा आफ्नो दिमागमा रुपैयाँको कथा  फुरेको निर्देशक शाले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप