शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान संसोधनमा एमाले भूमिका दुर्भाग्यपूर्ण : माओवादी केन्द्र

मङ्गलबार, ०६ भदौ २०७४, ११ : ३१
मङ्गलबार, ०६ भदौ २०७४

काठमाडौं–माओवादी केन्द्रले संविधान संसोधन प्रस्ताव फेल गराउन भूमिका खेलेर एमालेले दूर्भाग्यपूर्ण काम गरेको टिप्पणी गरेको छ । माओवादी केन्द्रको आज विहान बसेको केन्द्रीय कार्यलयको वैठकले देशलाई एकताबद्ध राख्ने र संविधान कार्यन्वयन गर्ने महत्वपूर्ण प्रस्ताव एमालले फेल गराएको निश्कर्ष निकालेको छ । 

‘संसोधन प्रस्ताव राष्ट्रलाई एकताबद्ध राख्ने खालको थियो । संविधानको स्वीकार्यता बढाउथ्यो । संविधान कार्यन्वयनमा सहयोग गर्दथ्यो । यति महत्वपुर्ण प्रस्ताव एमालेका कारण पास हुन सकेन । यो नेपालको राजनीतिकका लागि दूर्भाग्यपूर्ण छ ।’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले वैठकपछि रातोपाटीसँग भनिन् । 

हिजो संसदमा संविधान संसोधन प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको पक्षमा ३४७ र विपक्षीमा २०६ मत खसेका थिए । दुई तिहाईका लागि ४८ मत पुगेको थिएन । त्यहीँ कारण प्रस्ताव पारित हुन सकेन । 

त्यसैगरी वैठकले बाढी पहिरोबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग माग गरेको छ । माओवादी वैठकले राहत स्वरुप एक लाख, मृतकलाई तीन लाख र पुननिर्माणका लागि प्रत्येक परिवारलाई पाँच लाख दिन माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप