बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानसँग ‘सलाम ए इश्क’ मा अभिनय गरेका नायकले गरे ३७ वर्षमा आत्महत्या

शुक्रबार, ११ पुस २०७६, ११ : १५
शुक्रबार, ११ पुस २०७६

भारतीय टिभी जगतका चर्चित अभिनेता एवं बलिउड फिल्ममा समेत देखिइसकेका कुशाल पंजाबीको निधन भएको छ । कुशालको मृत्यु हुँदा उनी ३७ वर्षका मात्रै थिए । भारतीय मिडिया आजतकका अनुसार कुशालले आत्महत्या गरेका हुन् । बिहिबार राती कुशलको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।  

शुक्रबार दिउँसो १ बजे कुशालको अन्तिम संस्कार गरिने स्रोतले बताएको छ । रिपोर्टका अनुसार कुशाल डिप्रेशनबाट गुज्रिरहेका थिए । साथै उनको हेयर ट्रान्सप्लान्ट शल्यक्रिया गडबड भएको थियो । 

कुशालको मृत्युको जानकारी उनका निकै मिल्ने साथी र टिभी जगतका अभिनेता करनवीर बोहराले आफ्नो सोसल ह्यान्डलमार्फत् दिएका छन् ।

करनवीरले आफ्ना साथी कुशालका लागि एउटा नोट लेखेका छन् । जसमा उनले भनेका छन्, ‘तिमी गएको भन्ने खबर सुन्दा म स्तब्ध छु, मैले अहिलेसम्म पनि यो कुरा स्विकार गर्न सकेको छैन । मलाई थाहा छ तिमी यहाँभन्दा राम्रो स्थानमा छौ । तिमीले सधैं मलाई जीवनमा प्रेरणा दियौ । म सधैं तिमीलाई डान्सिङ ड्याडीको रुपमा याद गर्नेछु ।’

कुशालले एक डान्सर र मोडलको रुपमा मनोरञ्जन क्षेत्रमा कदम राखेका थिए । उनले आफ्नो टिभी करियरको सुरुवात सन् १९९५ मा रिलिज भएको ‘अ माउथ फुल अफ स्काय’ बाट गरेका थिए । त्यसपछि उनी ‘लभ म्यारिज’, ‘कसम से’, ‘देखो मगर प्यार से’, ‘डन’ सहित विभिन्न सिरियलमा देखिए । कुशालले बलिउडको पनि विभिन्न फिल्ममा अभिनय गरेका छन् । उनले लक्ष्य, सलाम ए इश्क, हमको इश्क ने मारासहित विभिन्न फिल्ममा काम गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप