शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कजाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या १४ पुग्यो

शुक्रबार, ११ पुस २०७६, ०९ : ३२
शुक्रबार, ११ पुस २०७६

एजेन्सी । ९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् ।

बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ ।

उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  केहीको जिवितै उद्धार पनि गरिएको छ । कम्तीमा ३५ जना घाइते भएका छन् जसमध्ये ९ जना बालबालिका रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो ।

विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । घटनास्थल नजिकै भएका रोयटर्सका पत्रकारले दुर्घटना भएको ठाउँमा अत्यधिक कुहिरो भएको बताएपनि दुर्घटनाको निश्चित कारण भने पत्ता लाग्न सकेको छैन । 

दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।

कजाकिस्तानका गृहमन्त्रीले मृतकमध्ये ६ जना बालबालिका रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप