शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आच्छु, कति जाडो !

तापक्रम शुन्यको आसपास पुग्दा यस्तो देखियो काठमाडौँको दृश्य
शुक्रबार, ११ पुस २०७६, ०९ : २३
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ । अहिले पुसको मध्य, देशभरमा चिसो बढेको छ । तराईमा शीतलहरदेखि हिमाली भेगमा हिमपात भइरहेका छन् । केही दिन यता काठमाडौँ उपत्यकामा पनि अत्यधिक चिसो बढेको छ । न्यूनतम तापक्रम शुन्यको आसपास पुगेको छ ।

अहिले बिहानसम्म काठमाडौँलाई बाँक्लो तुवालोले ढाकेको हुन्छ । केही ठाउँमा त पानी जमेर बरफ नै बन्न थालिसक्यो ।

चिसो बढिरहँदा मानिसहरुलाई आफ्नो नित्यकर्म भने गर्नै परेको छ । उज्यालो नहुँदैदेखि मानिसहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् । चिसोमा पनि धेरै मोर्निङवाकमा निक्लिएकै हुन्छन् ।

यसो कतै घामको किरण भेटियो भने त्यहाँ न्यायो खोज्दै एकै छिन भए पनि उभिन खोज्छन् । चियाका पारखीहरु त्यसैमा रम्छन् । दिउँसो पार्कहरु घाम ताप्ने र गफिनेको भीडले भरिएका हुन्छन् । अनि साँझ परेपछि काठदाउरा बालेर सडक छेउमा आगो बाल्नेहरु पनि त्यतिकै भेटेन्छिन् ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप