शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१७ वर्षीया युवतीले विमान चोरिन्ः उडाउने कोसिममा बारमा ठोक्किइन्, पक्राउ

शुक्रबार, ११ पुस २०७६, ०८ : ४९
शुक्रबार, ११ पुस २०७६

अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षकी एक किशोरी लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरिन् र एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल हुन सकेन । उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा ठोक्किएको छ ।

घटना पुस २ गते फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलको हो । एयरपोर्टमा उपस्थित पुलिसका अनुसार युवतीले विमानको इन्जिन चलाइन् र नजिकै जंजिरले बनेको बारमा ठोक्किन पुगिन् । विमानस्थलभित्र प्रवेशका लागि किशोरीले सैन्य क्षेत्रबाट करिब ४ सय मिटर टाढा बनाइएको बारबाट घुसपैठ गरेको बताइन्छ ।

किशोरीलाई विमान चोरीको शंकामा पक्राउ गरिएको छ ।

घटनाका कारण कसैलाई पनि चोटपटक भने नलागेको पुलिसले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप