शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुलसामु लेस्टर निरिह

शुक्रबार, ११ पुस २०७६, ०८ : ३५
शुक्रबार, ११ पुस २०७६

इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको लेस्टर सिटीले लिभरपुलसँग नै नमिठो हार खेपेको छ । जारी सिजन सानदार प्रदर्शन गरिरहेको लिभरपुलले सुक्रबार राति लेस्टरसिटीलाई उसैको मैदानमा ४–० गोलले हरायो ।

लिभरपुलको फराकिलो जितमा रोवर्टो फिर्मिनोको दुई गोल गरे । जेम्स मिल्नर र एलेक्सजेन्डर अर्नाेल्डले एक एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा तीन गोल थपेको थियो । 

फिर्मिनोले ३१औं मिनेटमा अर्नाेल्डको पासमो गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि लिभरपुलले दोस्रो हाफमा आठ मिनेटको अन्तरमा तीन गोल हानेको थियो । ७१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोस्रो गोल गरे । लेस्टरका कार्लर सोयन्कुले डिबक्स भित्र भर्जिल भान डाइकलाई लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

७४औं मिनेटमा फिर्मिनोले अर्नाेल्डकै पासमा व्यक्तिगत दोस्रो गरे । ७८औं मिनेटमा अर्नाेल्डले साडियो मानेको पासमा गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए । खेलभर लिभरपुलको दबाब झेलेको लेस्टर निरिह बन्यो । 

यस जितसँगै शीर्ष स्थानको लिभरपुल थप बलियो बनेको छ । लिगमा अपराजित यात्रा कायम राखेको लिभरपुलले १८ खेलबाट ५२ अंक बनाएको छ । दोस्रो स्थानको लेस्टर सिटीको ३९ अंक छ । लेस्टरले एक खेल बढी खेलेको छ  तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको ३८ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप