शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्र्याक्टरले किचेर बाढीपीडितको मृत्यु

मङ्गलबार, ०६ भदौ २०७४, ११ : ०५
मङ्गलबार, ०६ भदौ २०७४

खजुरा- बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ । 

जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ । 

घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप