शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युवा विद्यार्थीमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्दछ : नेता नेपाल

बिहीबार, १० पुस २०७६, २० : १५
बिहीबार, १० पुस २०७६

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युवा विद्यार्थी देशको भविष्यको कर्णाधार भएकाले उनीहरुमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्ने बताका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आज नवआगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रमा उनले विद्यार्थीले व्यक्तित्व विकास गर्दै समाज परिर्वतन गर्ने दृढता र सङ्कल्प राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता नेपालले भने, “विद्यार्थी नेता बनेर पदको दुरुपयोग गर्ने र पैसाको बार्गेनिङ गर्ने होइन, समाजलाई माथि उठाउन र सबैलाई सहयोग गर्ने भावनाबाट आगाडि बढ्नुपर्दछ । ज्ञानको क्षितिजलाई फराकिलो बनाउनुपर्छ ।”

समाजमा अहिले सबैतिर नकारात्मकता र निराशामात्र हाबी रहेको चर्चा गर्दै उनले बढी निराश बन्ने व्यक्ति मानसिक समस्याको शिकार हुने भएकाले विद्यार्थीले आशावादी र चुनौतीको सामना गर्ने आट र साहसका साथ केही गरेर देखाउँछु भन्ने भावना राख्नुपर्ने सुझाव दिए ।

नेता नेपालले कम्युनिष्ट पार्टीमा आस्था राख्ने विद्यार्थी मेहनती, इमान्दार, सफल, सबैको प्यारो र मुस्कानसहितको व्यवहार गर्ने हुनुपर्नेमा जोड दिदैं नेपाली जनताले कम्युनिष्ट पार्टीलाई मन पराएर साथ दिँदै आएकाले पार्टी लोकप्रिय भएको बताए ।

अनेरास्ववियुका केन्द्रीय नेता रश्मी आचार्य, क्षितिज सापकोटा, जिल्ला अध्यक्ष विवेक देवकोटा, क्याम्पस इकाइका सभापति राजन शर्मा पराजुलीलगायतले विद्यार्थीको हकअधिकारका विविध पक्षमाथि प्रकाश पारे । 

कार्यक्रममा कलाकारहरुले साङ्गीतिक प्रस्तुति गर्नुका साथै क्याम्पसका उत्कृष्ट प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप