शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुनलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा

बिहीबार, १० पुस २०७६, १९ : ३०
बिहीबार, १० पुस २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले आज उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । पर्यटनमन्त्रीका साथ मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्छुनारायण श्रेष्ठलगायत उपराष्ट्रपति कार्यालयमा पुगेका थिए ।

भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने छिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप