मन्त्री गुरुङको पहलमा सुत्केरीको हेलिकोप्टरद्वारा उद्धार
बिहीबार, १० पुस २०७६, १८ : ३१
दोलखा । दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी सुत्केरीको हवाई उद्धार गरिएको छ । सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ लगिएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा उनको उद्धार गरिएको जनाइएको छ । सुत्केरी ब्यथा लागेको लामो समयसम्म पनि बच्चा नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्यचौकीले थप उपचारका लागि चरिकोट अस्पातललाई सिफारिस गरेको थियो ।
अस्पतालका चिकित्सक विनोद डङ्गोलले आमा र शिशुलाई खतरा हुने भएकाले तत्काल शल्यक्रिया गरी शिशु निकालिएको जानकारी दिए । उनले शल्यक्रियापछि सुत्केरीको स्वासप्रस्वासको गति बढेको र सघन उपचार कक्षमा राखी थप उपचार गर्नुपर्ने भएकाले तत्काल काठमाडौँ पठाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...