शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई विश्वासको मत लिन महाभारत छैन, यसो हात उठाए भइहाल्यो : सञ्चारमन्त्री बाँस्कोटा

बिहीबार, १० पुस २०७६, १७ : ०७
बिहीबार, १० पुस २०७६

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आधार नरहेको बताएका छन् । मन्त्रालयमा बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार बनिसेकपछि मात्रै समाजवादी पार्टी मिसिएकोले विश्वासको मत आवश्यक नपर्ने बताएका हुन् । 

यदि संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि त्यसका लागि कुनै महाभारत नभएको र बहुमत समर्थन रहेको अवस्थामा विश्वासको मत लिन कुनै समस्या नभएको उल्लेख गरे । 

उनले भने, ‘प्रधानममन्त्रीले विश्वासको मत लिँदा के बिग्रन्छ र ? बहुमत बिग्रिएको भए यो प्रश्न मजबुद भएर आउँथ्यो । कुनै दलले समर्थन गरेको थियो त्यो निस्कियो के भयो र ? प्रतिनिधि सभामा बहुमत छ । संविधानले व्यवस्था गरेको छ भने हाम्रो लागि महाभारत छैन, यसो हात उठाए भइहाल्यो ।’

यस्तै मन्त्री बाँस्कोटाले अमेरिकी सहयोग परियोजना एमसीसी र इन्डोप्यासिफिक रणनीति फरक रहेको बताउँदै सो परियोजनाको ५ सय मिलियन डलर ऊर्जा र सडक पूर्वाधारमा खर्च गरिने बताए ।  

सन् २०११ मा एमसिसिसँग नेपालको सम्बन्ध रहेको बताउदै इन्डोप्यासिफिक सन् २०१७ पछि मात्रै सुरु भएको उनले बताए । यसबारे विरोध भइरहेको प्रति उनले प्रश्न गरे–‘एमसीसीको सम्झौतामा अमेरिकाले मेरो यो यो इन्ट्रेष्ट छ भनेको छैन नेपालले पनि के के छन् भनेर सोधेको छैन । यसको पैसा ऊर्जा र सडक पूर्वाधारमा खर्च गर्ने हो । सम्झौतामा अमेरिकी सैन्य रणनीतिको पक्षमा काम गर्ने भनेर लेखिएको छ र ? बीआरआईमा पनि छैन ।’

अमेरिकाले दिएको सहयोगमा कुनै स्वार्थ नभएको पनि उनले दावी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप