रातोपाटी समाचारको प्रभाव : रुपाले माफी माग्दै गरिन् यस्तो प्रतिबद्धता
किरण श्रेष्ठ
तनहुँ - धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै गत शनिबार एक दलित महिलालाई जातिय विभेद गर्नुका साथै निर्घात कुट्ने रुपा गुरुङले माफी मागेकी छिन् ।
जिल्लाको व्यास १० निवासी २७ वर्षीया प्रतिक्षा परियार सोही स्थान निवासी ३० वर्षीया रुपा गुरुङले जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा माफी मागेकी हुन् ।
रातोपाटीमा सोमबार छुवाछुतको निहुमा प्रतिक्षामाथि यसरी भयो कुटपिट शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त घटना बारे सामाजिक संजाल फेसबुकमा चर्को बिरोध भएको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा यस घटनाबारे सुरज लम्सालको प्रतिक्रिया यस्तो छ,
'जातभात छुवाछुत भनेको हाम्रो नेपालमा मात्र छ । मान्छेले मान्छेलाई हेप्नी अरु देशमा यस्तो छैन त्यही भएर सानो बुद्धि भएर नै नेपाल अगाडि बढ्दैन, कुटपिट गर्ने लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।'
बसन्त राना लेख्छन्,
'लोकतन्त्र खै त कहाँ आयो ? संविधान खै त कहाँ लेखियो कोस्का लागि मात्रै लेखियो ? मान्छे छुन मिल्ने पानी छोएको नरुच्ने यो कस्तो हो नजर ?'
पीडक पक्ष र पीडित पक्षबीचको छलफल पछिको सहमतिमा पीडक गुरुङले माफी माग्दै, 'आउँदा दिनमा यस्तो गल्ती नदोहोराउने र जातिय विभेद नगर्ने' प्रतिबद्धता जनाएपछि दुवै जना समझदारीमा मिलेर गएका छन् ।
प्रतिक्षाको उपचारको लागि रुपाले ५ हजार सहयोग गरेकी छन् ।
यो पनि पढ्नुहोस् :
प्रतिक्षामाथि यसरी भयो कुटपिट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री