मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी समाचारको प्रभाव : रुपाले माफी माग्दै गरिन् यस्तो  प्रतिबद्धता

मङ्गलबार, ०६ भदौ २०७४, १० : ०६
मङ्गलबार, ०६ भदौ २०७४

किरण श्रेष्ठ
तनहुँ - धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै गत शनिबार एक दलित महिलालाई  जातिय विभेद गर्नुका साथै निर्घात कुट्ने रुपा गुरुङले माफी मागेकी छिन् ।

जिल्लाको व्यास १० निवासी २७ वर्षीया प्रतिक्षा परियार सोही स्थान निवासी ३० वर्षीया रुपा गुरुङले जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा माफी मागेकी हुन् । 

रातोपाटीमा सोमबार छुवाछुतको निहुमा प्रतिक्षामाथि यसरी भयो कुटपिट शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त घटना बारे सामाजिक संजाल फेसबुकमा चर्को बिरोध भएको थियो । 

सामाजिक सञ्जाल फेसबुकमा यस घटनाबारे सुरज लम्सालको प्रतिक्रिया यस्तो छ,
'जातभात छुवाछुत भनेको हाम्रो नेपालमा मात्र छ । मान्छेले मान्छेलाई हेप्नी अरु देशमा यस्तो छैन त्यही भएर सानो बुद्धि भएर नै नेपाल अगाडि बढ्दैन, कुटपिट गर्ने लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।' 

बसन्त राना लेख्छन्,
'लोकतन्त्र खै त कहाँ आयो ? संविधान खै त कहाँ लेखियो कोस्का लागि मात्रै लेखियो ? मान्छे छुन मिल्ने पानी छोएको नरुच्ने यो कस्तो हो नजर ?'

पीडक पक्ष र पीडित पक्षबीचको छलफल पछिको सहमतिमा पीडक गुरुङले माफी माग्दै, 'आउँदा दिनमा यस्तो गल्ती नदोहोराउने र जातिय विभेद नगर्ने' प्रतिबद्धता जनाएपछि दुवै जना समझदारीमा मिलेर गएका छन् ।

प्रतिक्षाको उपचारको लागि रुपाले ५ हजार सहयोग गरेकी छन् ।

यो पनि पढ्नुहोस् :

प्रतिक्षामाथि यसरी भयो कुटपिट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप