‘दबंग थ्री’ सय करोड कमाउने सलमान खानको १५ औं फिल्म बन्यो
सलमान खानको ‘दबंग थ्री’ ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । सय करोड भारु व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो । फिल्मले रिलिजको पाँचौं दिन १२ करोड भारुको कारोबार गरेको छ । यो हिसाबले अहिलेसम्म फिल्मले १०३.८५ करोड भारु कमाई गरेको छ । फिल्ममा सलमानबाहेक सोनाक्षी सिन्हा, किच्चा सुदीप, सई मांजरेकर मुख्य भूमिकामा छन् ।
गत शुक्रबार रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म सय करोड क्लबमा समावेश भएको छ । नायकको प्रोडक्सन हाउसको आधिकारिक ट्वीटर ह्यान्डलबाट यो कुरा पुष्टि भएको हो ।
फिल्मले शुक्रबार २४.५० करोडको व्यापार गरेको थियो । यस्तै शनिबार फिल्मले बक्स अफिसमा २४.७५ करोड भारु जुटाएको थियो । फिल्मले आइतबार प्रदर्शनमा सुधार गर्दै ३१.९० करोड भारु कलेक्सन गर्यो । त्यसपछि सोमबारको व्यापार १०.७० भारु रह्यो । फिल्मले रिलिजको पाँचौं दिन अर्थात् मंगलबार १२ करोड भारु व्यापार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’