मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी ट्रोल हुँदा भड्किए अजय देवगन, पहिलो पटक यस्तो भनेर गरे हमला

बिहीबार, १० पुस २०७६, १० : ५५
बिहीबार, १० पुस २०७६

अजय देवगन हुन त धेरैजसो शान्त नै देखिन्छन् तर सोसल मिडियामा भएका ट्रोल्स हेर्दा उनलाई पनि रिस उठ्छ । उनकी छोरी न्यासा ट्रोलर्सको निशानामा पर्दा उनको रिसको पारो झनै माथि चढ्छ ।

न्यासा कहिले आफ्नो पहिरन त कहिले आउटिङको तस्बिरका कारण ट्रोलर्सको निशानमा पर्छन् । हालै छोरीलाई ट्रोल गर्नेहरुमाथि अजय देवगनले हमला गरेका छन् । उनले आफ्नो छोरीको उमेर बताउँदै मिडियालाई प्रश्न पनि गरे । अजय देवगन त्यतिबेला निकै तनावमा भएको पनि देखिए । उनी आफ्नो फिल्म ‘तान्हाजी’ को प्रोमोशनको सिलसिलामा अन्तर्वार्ता दिइरहेका थिए ।

वास्तवमा अजय देवगनका पिता र बलिउडका दिग्गज स्टन्टम्यान विरु देवगनको निधनपछि न्यासाका केही तस्बिर सोसल मिडियामा भाइरल भएको थियो । ती तस्बिरमा उनी सैलुनबाट बाहिर निस्किरहेको देखिएकी थिइन् । हजुरबुवाको निधनलगत्तै सैलुन गएको भन्दै उनको अत्यधिक ट्रोल गरियो । यसका साथै उनको पहिरनका लागि पनि उनलाई ट्रोल गरिएको थियो । अजयले जूम टिभीलाई दिएको अन्तर्वार्तामा त्यही ट्रोलबारे कुराकानी गरेका छन् ।

अजयले भने, ‘उनीहरु ‘ट्रोल्स’ ले बुझ्नुपर्छ कि उनीहरुले के बोलिरहेका छन् । मैले यसबारे पहिले कहिल्यै कुरा गरेको थिइनँ तर म एउटा उदाहरण दिन्छु । जब मैले आफ्नो पिता गुमाएँ त्यसको भोलिपल्टसम्मै मेरा बच्चाहरु निकै दुःखी थिए । न्यासा लगातार रोइरहेकी थिइन् र घरभरि धेरै मानिसहरु थिए । यस्तो अवस्थामा घरको माहौल कस्तो हुन्छ, त्यो सबैलाई थाहा छ । मैले नै न्यासालाई बाहिर जान भनेका थिएँ । उनी जान अनिच्छुक थिइन् तर वातारवरण फेरियास् भनेर मैले उसलाई बाहिर पठाएँ । उनले केही बुझ्न सकिनन् त्यसकारण सैलुन गइन् ।’


अजयले थपे, ‘मानिसहरुले उनको तस्बिर खिचे र ट्रोल गर्न सुरु गरे । हजुरबुवाको निधन हुँदा नातिनी भने पार्लर गएकी छिन् भनेर धेरैले खिल्ली उडाए ।’

अजयले प्रश्न गरे, ‘के उनीहरुले यस्तो गर्नु सही हो ? छोरी नरोओस् भनेर मैले उसलाई बाहिर पठाएँ तर जब उनी घर फिर्ता भइन् तब उनको तस्बिर भाइरल भइसकेको थियो, त्यसपछि उनी अझै बेस्सरी रोइन् ।’

अजय थप्छन्, ‘उनी १५–१६ वर्षकी बच्ची हुन् र उनले कसको के बिगारेकी छिन् ? तपाईंहरु हामीलाई जज गर्नुहुन्छ किनभने हामी यो लाइनमा छौं । कम्तीमा बच्चालाई त छोडिदेउ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप