बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तीनथरि स्वभाव भएका मानिस

बुधबार, ०९ पुस २०७६, २१ : ५३
बुधबार, ०९ पुस २०७६

गौतम बुद्धले भन्नुभएको छ– संसारमा तीनथरिका स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो समयसम्म रहिरहन्छ ।

दोस्रो थरिका मानिसहरु चाहिँ बालुवामा लेखिएका अक्षर जस्ता हुन्छन्। यस्ता मानिसहरु पनि चाँडै रिसाउँछन् । तर यिनीहरुको रिस चाँडै हराउँछ ।

तेस्रो थरिका मानिसहरुको स्वभाव चाहिँ बगिरहेको पानीमा लेखिएका अक्षर जस्ता हुन्छन् । यिनीहरुले नचाहिँदा विचार र कुराकानीलाई वास्ता नै गर्दैनन् त्यसैले यिनीहरुलाई रिस पनि उठ्दैन । यस्ता मानिसहरु सधैं शुद्ध र केहीबाट पनि बाधा महसूस नगर्ने खालका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप