शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता(अपडेट)

बुधबार, ०९ पुस २०७६, १९ : ४८
बुधबार, ०९ पुस २०७६

एजेन्सी । इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।  दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन् ।

बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्युन रहेको खोजी तथा उद्धारमा सङ्लग्न एक प्रहरीको भनाइ छ ।  घटनामा परी घाइते भएका मध्ये अरु १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन् ।   

दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो । दुर्घटना भएका बेला बसमा ५४ यात्रु रहेका थिए । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप