मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारलाई दिएको समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय

बुधबार, ०९ पुस २०७६, १४ : ५४
बुधबार, ०९ पुस २०७६

काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै  पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।

बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ ।

 अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ  । 

विज्ञप्तिमा सरकारले २०७५ जेठ १४ गते तत्कालीन संघीय समाजवादी फोरम, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको २ बुँदे सहमतिबाट सरकार पछि हटेको र एकतर्फी रुपमा तोडेको आरोप समेत लगाइएको छ । सरकारले सहमति उल्लंघन गरेको आरोप लगाउँदै सो पार्टी पुस ८ गते सरकारबाट बर्हिगर्मन भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप