शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिसमसको दुई दिन अघि बैंक लुटे त्यसपछि पैसा हावामा उडाउँदै भने, ‘मेरी क्रिसमस’

बुधबार, ०९ पुस २०७६, १२ : ३१
बुधबार, ०९ पुस २०७६

दाह्री सेतै फुलेका एक व्यक्तिले क्रिसमसको दुई दिनअघि बैंक लुटे त्यसपछि हावामा पैसा उडाउँदै बटुवाहरुलाई निकै उत्साहित हुँदै ‘मेरी क्रिसमस’ भनेर शुभकामना दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पुलिसका अनुसार दाह्री सेतै फुलेका एक वृद्धले सोमबार खाजा खाने समयमा कोलोराडो स्प्रिङ्सस्थित एकेडेमी बैंकमा लुटपाट गरेका हुन् ।

‘उनले बैंक लुटे, बाहिर निस्किए र जताततै पैसा फ्याँके,’ प्रत्यक्षदर्शी डियोन प्यासकेलले कोलोराडोको इलेभेन न्यूजलाई भने ।

‘उनले ब्यागबाट पैसा निकालेर फ्याँक्न थाले र भने, ‘मेरी क्रिसमस’ ।’

प्रत्यक्षदर्शीका अनुसार ती व्यक्ति त्यसपछि नजिकैको स्टारबक कफी सपमा भौंतारिए, त्यसको अगाडि बसे र कसैले पक्राउ गरोस् भनेर कुरेर बसे ।

बटुवाले छरिएका सबै पैसा बटुलेर बैंकलाई फिर्ता दिएको बुझिएको छ ।

कोलोराडो स्प्रिङ्स पुलिसले ती व्यक्तिको नाम डेभिड वेने ओलिभर भएको बताउँदै उनी ६५ वर्ष पुगेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप