बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

सोमबार, ०७ पुस २०७६, १२ : ३८
सोमबार, ०७ पुस २०७६

धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । ‘प्लान्ट’ सञ्चालन भएसँगै अब पुरानो ‘अक्सिजन सिलिण्डर’ प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

 सो मन्त्रालयको रु ९४ लाख ४० हजारको लागतमा अस्पतालमा प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिए ।  अस्पतालले निजी कम्पनीले पोखरा तथा बुटवलमा उत्पादन गरेको ‘अक्सिजन सिलिण्डर’ प्रयोग हुँदै आएको थियो

प्लान्टबाट उत्पादन भएको अक्सिजने अस्पताललाई पुग्ने जनाएको छ । अस्पतालको क्षमता करिब ३०० श्यया रहेको छ ।  सिलिण्डरमा अक्सिजन भर्ने व्यवस्था भएमा छिमेकी जिल्लामा समेत आपूर्ति गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरलले जानकारी दिए ।

स्वास्थ्यकर्मी र बिरामी दुवैलाई उपचारमा निकै सहज हुने भएकाले अस्पतालमा ‘अक्सिजन प्लान्ट’  स्थापना गर्न बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिए ।

 उत्पादित अक्सिजनलाई सोझै पाइप लाइनमार्फत अस्पतालको आवश्यक सबै कोठा–कोठामा पु¥याइएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।

अस्पतालका अनुसार रु ६१ लाखमा अक्सिजन उत्पादन गर्ने प्लान्ट  र रु ३३ लाखको लागतमा  वितरण पाइप लाइन तयार गरिएको छ ।  अस्पतालमा जडान गरिएको ‘अक्सिजन प्लान्ट’ले अस्पताललाई आवश्यकभन्दा बढी अक्सिजन उत्पादन गर्ने प्राविधिकले जनाएका छन्  ।

‘अक्सिजन प्लान्ट’ जर्मनी प्रविधिद्वारा निर्माण गरिएको हो । अस्पताललाई हाल दैनिक १५ देखि २० सिलिण्डर अक्सिजनको आवश्यकता छ । अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्न थालेपछि रकम जोगिएको छ । ‘रेफर सेन्टर’को रुपमा आलोचना खेप्दै आएको अञ्चल अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउँदै लगेको छ ।

अस्पतालमा यही आर्थिक वर्षदेखि ‘हाई केयर युनिट’ समेत स्थापना गर्न  लागेको जनाएको छ । प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले रु ५० लाख बजेट विनियोजनसमेत गरेका छन्  । अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप