बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलको शिविरबाट दुई सातामा तीन हजार बिरामीको निःशुल्क उपचार

आइतबार, ०६ पुस २०७६, २० : ०६
आइतबार, ०६ पुस २०७६

बिराटनगर । नोबेल शिक्षण अस्पतालले बिगत दुई साताको अवधिमा दुई जिल्लाका चार स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । 

स्थानीय संघसस्थासँग समन्वय गरेर उदयपुरको बेलका नगरपालिकास्थित रामपुर, मोरङको दाम्राभिट्टा, विराटचोक र पथरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । चार स्थानमा सञ्चालित शिविरबाट ३ हजार २ सय ३६ बिरामीको निःशुल्क उपचार गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । 

उनका अनुसार उदयपुरको बेलका नगरपालिकासँग सहकार्य गरेर रामपुरमा सञ्चालित शिविरबाट १ हजार १ सय ५५ जना बिरामीले निःशुल्क स्वास्थ्य उपचार पाएका छन् ।

जसमा १ सय ५० जनाको भिडियो एक्सरे, २ सय १३ जनाको ईसीजी र २ सय ११ जनाको रक्त परीक्षण गरिएको छ । 

त्यस्तै, मोरङको दाम्राभिट्टा स्थित दाम्राभिट्टा सेकेण्डरी इङ्लिस स्कुलसँग सहकार्य गरेर सञ्चालित शिविरमा १ सय ७ जनाको भिडियो एक्सरे, १ सय ५३ जनाको ईसीजी र २ सय १३ जनाको रक्त परिक्षण गरिएको छ । त्यस्तैगरी मोरङको पथरीमा सञ्चालित शिविरमा ४ सय ९५ जना र विराटचोकमा भएको शिविरमा ४ सय ५३ जनाले निःशुल्क उपचार पाएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप