शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस सांसद शाहद्वारा अभिनेतामाथि कुटपिट

आइतबार, ०६ पुस २०७६, १६ : ५८
आइतबार, ०६ पुस २०७६

बुटवल । कपिलवस्तुको  कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा  क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका  र चलचित्रका अभिनेता समेत रहेका  श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर  निर्घात कुटपिट गरेका छन् ।

आफ्ना गाडी चालक शशि कस्यपलाई बोलाउन पठाएपछि सांसद शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले  जानकारी दिएका छन् । मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा  ल्याएर छाडेका थिए ।

स्थानीयतले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको  र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको बताए ।  मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको तर  कतैबाट उजुरी नपरेको एसपी जबराले बताए ।  

शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न नसकिएको  एसपी जबराले बताए । कृष्णनगरमा रहेका सांसद शाहको घरमै पुुगेका मिश्र र सांसद शाहबीच  केहिबेर गाली गलौज समेत चलेको  परिवारिक स्रोतले जनाएको छ । 

सांसद शाहले भने हिँजो साँझ आफ्नो ड्राइभर र उनीबीच कुट्पिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकालेका छन् । आफुसँग भनाभन मात्रै भएको उनको जिकिर छ ।  घटनाबारे सांसद शाहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप