शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु

सोमबार, ०५ भदौ २०७४, १७ : ५८
सोमबार, ०५ भदौ २०७४

मनिला – दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीहरु गरेका आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको छ । 

यस आक्रमणमा परी अन्य १० घाइते भएका छन । सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले सो आक्रमण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ । 
स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो आक्रमण भएको थियो । ती बन्दुधारीहरुले गाउँलेहरुलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दैै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिनु भएको छ । 


यस आक्रमणमा कुनै समूहको हात रहेको हो सोको परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ ।  हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा पनि लिएका छैनन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप