शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिक्त रहेका ६ देशमा श्रम सहचारी छनौट प्रक्रिया शुरु

सोमबार, ०५ भदौ २०७४, १७ : २९
सोमबार, ०५ भदौ २०७४

काठमाडौं–श्रम तथा रोजगार मन्त्रालयले रिक्त देशहरुमा श्रम सहचारी र काउन्सेलर नियुक्तिको प्रक्रिया अघि बढाएको छ । 


श्रम सहचारी  खाली रहेका बहराइन, कुबेत, युएई ओमान र काउन्सिलरको पद खाली रहेका दक्षिण कोरिया र मलेशियामा नयां कर्मचारी खटाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । 


मन्त्रालयले शुक्रबार एक सुचना प्रकाशित गरि संभावित कर्मचारीहरुलाई आफ्नो प्रस्तुती दिन समय तोकेको छ । आवेदन दिएका १२ शाखा अधिकृतबाट चार श्रम सहचारीका लागि छनौट गरिनेछ  भने आठ उप –सचिवबाट दुई काउन्सेलर छनौट हुनेछन् ।


सरकारले दक्षिण कोरिया र मलेशियाका लागि उप सचिव तहको निजामती कर्मचारीलाई काउन्सेलरमा नियुक्ति गर्ने गरेको छ । श्रम सहचारी  खाली रहेका बहराइन,कुबेत,युएइ ओमानमा अधिकृत तहको कर्मचारीलाई नियुक्त गर्ने प्रचलन छ । 


मन्त्रालयले आबेदकहरुलाइ भाद्र ७,८ र ९ का लागि प्रस्तुतीकरणका लागि समय तोकेको छ । अन्तवार्ताकै रुपमा संचालन गरिने प्रस्तुतीकरणमा आबेदकले सह सचिवलाई आफ्नो प्रस्तुती दिनुपर्नेछ । प्रस्तुतीकरण सकिएको तिन सातामा श्रम सहचारी र काउन्सेलरको नियुक्ती प्रक्रिया सकिने जनाइएको छ । 


बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सुन्ने र निराकरणको उपाय सुझाउने सरकारी कर्मचारीका रुपमा श्रम सहचारी नियुक्ति गर्ने गरिन्छ । स्रोतका अनुसार दक्षिण कोरियाको लागि इपिएस कार्यालयका पुर्व निर्देशक डिल्लीराम बांस्तोला छनौट हुने सम्भावना छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप